चितवनका फेन्सी व्यवसायीलाई लेखा तालिम

चितवन, साउन ६ ।

उद्योग वाणिज्य संघ–चितवनको आयोजना तथा फेन्सी व्यवसायी संघ–चितवनको सह–आयोजनामा व्यवसायीक लेखा सम्बन्धि एकदिने तालिम सम्पन्न भएको छ ।
फेन्सी व्यवसायमा संलग्न व्यवसायीहरुलाई बर्तमान कर प्रशासनद्धारा लागु गरिएका करका दर,आधारभुत लेखा प्रक्रिया, मुल्य अभिबृद्धी करका वारेमा जानकारी गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायीहरुले व्यवसाय गर्दा लेखाका कम्तिमा पनि आधारभुत सिद्धान्तहरुलाई अबलम्बन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा उहांले लेखा पद्धती व्यवसायको प्राण भएकोले यसलाई स्वस्थ, चुस्त र दुरुस्त राख्नुपर्ने औंल्याउनु भयो । सहभागिलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष्ँ श्रेष्ठले आफ्नो व्यवसायको यथास्थिति जानकारी नभईकन ब्यवसायिक भविष्य निर्धारण गर्न नसकिने बताउंदै यसका लागि लेखा पद्धतिले सहयोग गर्ने बताउनु भयो ।
सोहि कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका तृतिय उपाध्यक्ष एवं वस्तुगत संघ समन्वय समितिका संयोजक भोजराज कौडालले लेखा राख्ने पद्धति व्यवसायीक, पारदर्शि र बैज्ञानिक नभएमा व्यवसायीलाई जटिल परिस्थिति तर्फ धकेल्ने बताउनु भयो । उहांले संघ संग आवद्ध सवै वस्तुगत संघका सदस्यहरुलाई क्रमैसंग यस किसिमका तालिम आयोजना गर्ने कार्यक्रम रहेको बताउंदै सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभयो । सोहि कार्यक्रममा बोल्दै फेन्सी व्यवसायी संघका निबर्तमान अध्यक्ष बालकृष्ण क“डेलले व्यवसायीले आफ्नो कारोवारको हिसाव किताव आफै राख्नुपर्ने र अरु संग भर पर्ने स्थिति सिर्जना नर्गन अनुरोध गर्नुभयो । कार्यक्रममा फेन्सी साकोसका अध्यक्ष्ँ प्रकाश गैरे, फेन्सी व्यवसायी संघका कार्यवाहक अध्यक्ष शंकर घिमिरे, लेखा तालिम संयोजक सन्तोष पाण्डे लगायतले बोल्नु भएको थियो । एक दिवसिय उक्त तालिममा प्रशिक्षक प्रदिप कपालीले सहजीकरण गर्नुभएको थियो ।
उद्योग वाणिज्य संघ–चितवनको कार्यक्रम अनुसार फेन्सी व्यवसायमा संलग्न करिव ३ सय व्यवसायीहरुलाई आलोपालो गरि निरन्तर एक हप्ता सम्म दैनिक ४० जना व्यवसायीलाई तालिम प्रदान गर्न लागिएको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो । ५१ जना फेन्सी व्यवसायीको सहभागिता रहेको उक्त तालिम कार्यक्रमको औपचारिक समारोह संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको सभापतित्व एवं संघका कार्यक्रम अधिकृत निलबहादुर केसीको संञ्चालनमा सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट