आस्था टोलमा मधुसूदन पौडेलको नेतृत्व

 

भरतपुर, ११ असोज । आस्था टोल विकास संस्था, भरतपुर–१२ को ११औँ अधिवेशनबाट अध्यक्षमा मधुसूदन पौडेल निर्वाचित हुनुभएको छ । त्यसैगरी, उपाध्यक्षमा नगेन्द्र रेग्मी निर्वाचित हुनुभएको छ ।

कार्यसमितिका अन्य सबै पदमा निर्विरोध चयन भए पनि अध्यक्ष र उपाध्यक्षका लागि आज निर्वाचन भएको थियो ।

आस्था टोल विकास संस्थाको नवनिर्वाचित कार्यसमितिको सचिवमा मंगला राउत, कोषाध्यक्षमा मुरारी खत्री, सहसचिवमा रविन अधिकारी तथा सदस्यहरूमा लक्ष्मण चालिसे, मिना लामा, संगिता खराल, रुद्रमान विक, टेकनाथ इटनी र शिवलाल कँडेल रहनुभएको छ ।

त्यस्तै, लेखा समिति संयोजकमा शिवप्रसाद वाग्ले तथा सदस्यमा अम्बिका सापकोटा र उषाकुमारी आचार्य निर्विरोध चयन हुनुभएको छ ।

नवनिर्वाचित कार्यसमिति र लेखा समितिलाई निर्वाचन समितिका संयोजक झलकनाथ कण्डेल तथा सदस्यहरू प्रेमप्रसाद आचार्य र अनु अर्यालले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सोही अवसरमा नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ गराइएको थियो । निर्वाचित सबैलाई संस्थाका अध्यक्ष मिना श्रेष्ठले बधाई तथा शुभकामना व्यक्त गर्नुभयाे ।

संस्थाको निवर्तमान कार्यसमितिले नयाँ कार्यसमितिलाई आजै पद हस्तान्तरणसमेत गरेको छ । नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक बसी अधिवेशन तथा निर्वाचन सम्पन्न गराउन सहयोग गर्नुहुनेलगायत टोलवासी सबैमा धन्यवाद व्यक्त गरेको अध्यक्ष मधुसूदन पौडेलले बताउनुभएको छ ।

शेयर गरौ

ताजा अपडेट