नारायणी नदी पश्चिम चितवनको वस्तीमा पस्यो

चितवन, ।
लगातार आएको वाढीले नारायणी नदी पश्चिम चितवनको विभिन्न तीन स्थानबाट वस्ती पसेको छ ।
नारायणी नदीमा पानीको बहाव बढेसँगै भरतपुर महानगरपालिका–१७ मझुवामा तटबन्ध भत्काएर बाढी बस्तीमा पसेको हो । सिँचाइ तथा नारायणी नदी व्यवस्थापन कार्यालयका प्रमुख नारायण सुवेदीले आज बिहान ६ः५५ बजेको अवस्थामा नदीको पानी तटबन्ध भत्काएर आवासीय क्षेत्रमा प्रवेश गरेको जानकारी दिनुभयो । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि तटबन्धमा दबाब बढेको र मझुवा क्षेत्रमा तटबन्ध भत्किएर बाढी बस्तीमा प्रवेश गरेको सुवेदीले जानकारी दिनुभयो ।
बाढी बस्तीमा प्रवेश गरेपछि स्थानीयवासी प्रभावित भएका छन् । नदी किनारका अन्य क्षेत्रमा समेत जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । वाढी पसेको स्थान नजिकै र प्रभावित क्षेत्रका वस्ती सुरक्षित स्थानमा सारिएको छ ।


यस्तै गरी भरतपुर महानगरपालिका वडा नंं २६ को सिसैमा पनि तटवन्धन कटान गरेको उहाले जानकारी दिनुभयो । यस्तै गरी वडा नंं २८ को मेघौली क्षेत्रमा समेत नारायणी नदी वस्ती पसेको छ । तीनै स्थानमा आवश्यक सुरक्षाको प्रवन्ध मिलाएपनि तत्काल रोकथाम गर्न सकिने अवस्था नरहेको उहाले जानकारी दिनुभयो । यस अगाडि पनि यी स्थानमा नदी नियन्त्रणको लागि रोकथामका उपाय गरिएको थियो । अहिले प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, स्थानीय प्रतिनिधि तथा सुरक्षाकर्मी परिचालन गरि काम भइराखेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्याल अहिलेसम्म मानवीय क्षती भने नभएको जानकारी दिनुभयो । नदी तीन स्थानबाट वस्ती प्रवेश गरेकाले जोखिम भएका स्थानका वस्तीलाई स्थानान्तरण गर्ने कार्य भइराखेको बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट