सञ्चारकर्मी सरोज मिश्रलाई मातृशोक

 

रौतहट । चन्द्रपुर नगरपालिका–४ निवासी सरोज मिश्र (दीपेन्द्र) लाई मातृशोक परेको छ। उहाँकी आमा मालती देवी मिश्रको शनिबार ७५ वर्षको उमेरमा भरतपुर सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

आन्द्राको शल्यक्रियापछि उपचाररत उहाँको दिउँसो ३ः१५ बजे निधन भएको परिवारले जनाएको छ। स्वर्गीय मालती देवी स्व। राजकान्त मिश्रकी श्रीमती हुनुहुन्थ्यो। सरोज मिश्र प्रेस चौतारी नेपालका जिल्ला सदस्य, चन्द्रपुर राष्ट्रिय दैनिकका बजार व्यवस्थापक तथा मधेस भूमि दैनिकका चन्द्रपुर प्रतिनिधिका रूपमा कार्यरत हुनुहुन्छ। उहाँका पिता स्व। राजकान्त मिश्र दुर्गा माध्यमिक विद्यालय, ठारा टोलका संस्थापक प्रधानाध्यापक हुनुहुन्थ्यो। उहाँको २०६३ सालमा मोटरसाइकल दुर्घटनामा निधन भएको थियो।

शेयर गरौ

ताजा अपडेट