दिउसो १ बजेबाट पृथ्वी राजमार्ग पूर्ण सञ्चालनमा आउने

 

चितवन । अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो तथा सडक भासिएर अवरुद्ध भएको सडकखण्डमा सवारी आवागमन सहज बन्दै गएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै पहिरो तथा सडक भासिएका स्थानमा अवरोध हटाउने कार्य भइरहेको र हाल एकतर्फी रूपमा सवारी आवागमन सञ्चालनमा रहेकोमा अव दुवै तर्फ सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी दिएको छ । थप पहिरो तथा अवरोध नआएमा आज दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने जनाएको छ । वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले जुनसुकै समयमा पहिरो झर्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।

प्रशासनले सम्पूर्ण सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई सावधानीपूर्वक यात्रा गर्न र सवारी चलाउँदा प्रचलित ट्राफिक नियम तथा सडक अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

शेयर गरौ

ताजा अपडेट