सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेडले अभिमुखिकरण कार्यक्रम गर्ने

भरतपुर , २८ फाल्गुण ।
देशमा विद्यमान निर्जिवन बीमा सम्बन्धि प्रावधानबारे सर्बसाधारणलाई जानकारी दिने उद्येश्यले सगरमाथा ईन्स्योरेन्स कम्पनी लिमिटेडले भरतपुर महानगर भित्र वडा स्तरमा निःशुल्क अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ ।

जनस्तरमा अझैपनि बीमा सम्बन्धि सही सुचना तथा जानकारीको अभाव भईरहेको महसुस गर्दै कम्पनीले यस प्रकारको सेवा सुरु गरेको सगरमाथा ईन्स्योरेन्स नारायणगढ क्षेत्रियकार्यालयका प्रबन्धक मछिन्द्र बोगटीले बताउँनु भयो ।साथै उहाँले अभियानको थालनी महानगरको २७ नम्बर वडाबाट गरिने जानकारी दिनुभएको छ ।

तेलौली स्थित वडा कार्यालय भवनमा यही फाल्गुण ३० गते बिहीबार कार्यक्रमको आयोजना गरिएको छ ।वडा कार्यालयको सहयोगमा सगरमाथा ईन्स्योरेन्स कम्पनी चनौली शाखाले कार्यक्रमको सहजीकरण गर्ने भएको छ । ‘रक्षा गरौं सम्पति, बिना केही आपत्ति’भन्ने मुलमन्त्रलाई लिएर वडा मार्फत टोलटोलमा सगरमाथाले बीमा बारेका नीतिनियमहरुको सन्देश प्रबाह गर्दैछ ।

कार्यक्रममा घर बीमा, सम्पतिबीमा, मोटर बीमा, बालीतथापशु पंक्षी बीमा लगाएत हाल प्रचलित सम्पुर्ण प्रकारका बीमा लेखहरु बारे जानकारी उपलब्ध गराईने छ ।वडानम्बर २७ बाट सुरु भएको अभियान क्रमशःअन्य वडाहरुमा समेत बिस्तार गरिने प्रबन्धक बोगटीको भनाई छ ।

ताजा अपडेट