डिभिजन वन कार्यालय, चितवनको सार्वजनीक अनुरोध

  • वन क्षेत्रवाट गाउँवस्तिमा वन्यजन्तु प्रवेश गरेमा डिभिजन वन कार्यालय वा नजिकैको सम्बन्धित निकायमा खवर गरौं ।
  • वन्यजन्तु पक्रने, मार्ने जस्ता ऐनले निशेधित गरेका कार्यहरु नगरौं ।
  • वन तथा वन्यजन्तु हाम्रा अमूल्य निधि भएको हुँदा वन डढेलो वाट जोगाई तीनको संरक्षण र विकास गरि जैविक विविधता वृद्धि गर्न योगदान गरौं ।
  • वरण्डाभार वन संरक्षण क्षेत्रमा पर्ने गोन्द्राङ-टिकौली, भोजाड-लंकालाईन र आँपटारी भतेरी, रामनगर राजमार्ग लगायत कुनै पनि वन क्षेत्रमा प्लाष्टीक जन्य फोहोर नफालौं ।
  • वन क्षेत्रवाट हुने वन पैदावारको अवैध चोरी तस्करी रोक्न सवैले सहयोग गरौं ।
  • हाम्रो सानो लापरवाहीले महत्वपूर्ण जिवजन्तु, वन नोक्सानी भई समूह तथा राष्ट्रको करोडौ क्षती हुन सक्छ, नियतवस त्यस्तो अपराध गर्नेलाई कारवाहीको लागि सम्बन्धित निकायमा पेश गरौं।
  • यस कार्यालयवाट हस्तान्तरीत सामुदायिक वन, कबुलियती वन, वन संरक्षित क्षेत्र, लगायतका राष्ट्रिय वन क्षेत्रका जग्गाहरु विभिन्न वहानामा संस्थागत तथा व्यक्तिगत तवरवाट हुने अतिक्रमण निरुत्साहित गरी वन क्षेत्रको संरक्षण गरौं ।
  • खवरका लागि प्रहरीको फोन नं. १००, डिभिजन वन कार्यालयको ९८५५०५७२१५,९८५५०९२२२२ मा सम्पर्क राखौं ।

शेयर गरौ

ताजा अपडेट