आयो बजेट ! चितवनका उद्योगी/व्यवसायीको के छ प्रतिक्रिया ?

चितवन ।

सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति चितवनका उद्योगी तथा व्यवसायीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेषगरी भरतपुर विमानस्थलको स्तरोन्नति र रात्रिकालीन उडान सञ्चालनको योजना समेटिएकोमा उनीहरू उत्साहित बनेका छन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य शङ्कर गिरीले रात्रिकालीन उडान सञ्चालनले पर्यटन क्षेत्रलाई नयाँ गति दिने बताउनुभयो। भण्डारा–मलेखु सडक स्तरोन्नति, चेपाङ समुदाय लक्षित कार्यक्रम तथा शालिग्राम धार्मिक मार्ग निर्माणको योजना पनि स्वागतयोग्य रहेको उहाँको भनाइ छ।

महासङ्घका अर्का केन्द्रीय सदस्य सुमनकुमार श्रेष्ठले उद्योगका लागि कच्चा पदार्थ आयातमा सहुलियत, कर्मचारीको तलब वृद्धि र करसम्बन्धी केही व्यवस्थाले व्यवसायिक वातावरण सुधार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

चितवन उद्योग सङ्घका अध्यक्ष मदन घिमिरेका अनुसार जिल्लामा एक हजार दुई सयभन्दा बढी उद्योग सञ्चालनमा छन्, जसबाट ५७ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। उहाँले बजेटले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिएको भन्दै यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो।

 

शेयर गरौ

ताजा अपडेट