चोरीका घटना नियन्त्रण गर्न रास्वपा भरतपुर–२१ को माग

 

चितवन २७ असोज । भरतपुर महानगरपालिका–२१ मा चोरीका घटना बढ्दै गएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० वडा कमिटीले चोरी नियन्त्रण गर्न र स्थानीयवासीको शान्ति सुरक्षाको व्यवस्था मिलाउन माग गरेको छ ।
रास्वपा भरतपुर–२१ वडा कमिटीले वडा कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै चोरीका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेको हो ।
वडा कमिटीका सभापति शमशेरबहादुर ढकाल खत्रीले वडा क्षेत्रका विभिन्न स्थानमा चोरीका घटना बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । चोरीका घटनाले स्थानीय बासिन्दामा असुरक्षा र त्रासको वातावरण सिर्जना गरेको ज्ञापनपत्रमा उल्लेख छ ।


कमिटीले चोरीका घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न, नियमित प्रहरी गस्ती बढाउन तथा नागरिकको धनमाल र जनधनको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
स्थानीयवासीलाई सुरक्षित वातावरणमा बस्न पाउने अवस्था सुनिश्चित गर्न सुरक्षा निकायले आवश्यक पहल गर्नुपर्नेमा जोड दिँदै वडा कमिटीले चोरी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ ।
रास्वपा भरतपुर–२१ वडा कमिटीका सभापति खत्रीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा चोरीका घटना नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।

शेयर गरौ

ताजा अपडेट