चितवन ।
भरतपुरको विपी कोईराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा करिब २० बिगाह क्षेत्रफलमा आँप, लिचिका बगैँचा छ ।
अस्पतालले बार्षिक १५ लाख ५५ हजार ५०० रुपैँयामा फलफुलको ठेक्का दिएको अस्पतालका सुचना अधिकारी गृही नारायण महतोले बताए ।
‘धेरै फले पनि , थोरै फलेपनि हामीलाई चिन्ता हुन्न, अस्पताल यो रकम पाउँछ ‘ महतोले भने । क्यान्सर अस्पताल संग ७५ बिगाह जमिन छ ।
यसपाली बगैँचामा लटरम्म लिचि फलेका छन् । एकजना उपभोक्ता नेत्र पौडेलले प्रति केजी २५० रुपैयाँमा खरिद गरेको जानकारी दिए ।


