एमालेको नेतृत्वले मात्र समृद्धि ल्याउन सक्छ : ज्ञवाली

चितवन । नेकपा एमाले पोलिट व्युरो सदस्य देवी ज्ञवालीले एमालेको नेतृत्वले मात्र देशमा समृद्धि ल्याउन सक्ने बताउनु भएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १० कमिटीले आयोजना गरेको बृहत वनभोज कार्यक्रममा सम्वोधन गर्दै सरकारले जनअपेक्षा अनुसार काम गरी राखेको बताउनुभयो । देशले विस्तारै आर्थिक उपलब्धी हासिल गर्न थालेको भन्दै सरकारले गरेका राम्रा कामको भन्दा केही भएन भन्ने हल्ला फिजाइएको बताउनुभयो ।


कार्यक्रममा एमाले केन्द्रीय सदस्य जगन्नाथ थपलिया, कृष्णभक्त पोखरेल, टुकाभद्र हमालले पार्टीले गरेका राम्रा कामको विषयमा चर्चा गर्नु भएको थियो । एमालेको नीति तथा कार्यक्रमका बारेमा जनतामा अझ व्यापक रुपमा लैजानु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य, तेजेन्द्र खड्का, महानगरपालिका इन्चार्ज रामप्रसाद न्यौपानले, जिल्ला अध्यक्ष कमलराज पाठक, जिल्ला सचिव प्रकास ढुंगाना, एमाले नेता विजय सुवेदी, कृष्ण भुर्तेल, हरि पन्त, विमला तामाङ, गण्डकी प्रदेश सचिवालय सदस्य शान्ता पौडेल, केन्द्रीय सल्लाहकार सदस्य रमाकान्त सापकोटा लगायतले वोल्नु भएको थियो ।


वडा कमिटी अध्यक्ष ददिराम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामचन्द्र रेग्मीले स्वागत मन्तव्य राख्नु भएको थियो । वडा कमिटी सचिव विज्ञान पौडेलले सञ्चालन गर्नु भएको कार्यक्रममा मनोरञ्जनतात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

 

शेयर गरौ

ताजा अपडेट