चितवन समाचार डटकम, फागुन २४ ।
स्वदेशमा उद्यम र रोजगारीको अभावमा लाखौं युवा विदेश पलायन भएका छन् । जस्ले गर्दा युवा शक्तिमा उद्यमशिलताको ह्रास त आएकै छ । उर्जाशिलतामा पनि निराशा ब्याप्त छ । यस्तो बस्तुस्थितिलाई चिर्दै भरतपुरमा युवाहरु संगठीत भई उद्यमशिलतामा जुटेका छन् । भरतपुर महानगरपालिका वडा नम्वर ९ शरदपुरमा नौ जना युवाहरुको संलग्नतामा सुबिधासम्पन्न पार्टी भेन्यु तथा रेष्टुरेण्ट सञ्चालन गर्न लागिएको छ । पाँच करोडको लगानीमा फोरसिजन रेष्टुरेण्ट एण्ड पार्टी भेन्यु खुलेको हो ।
होटलको निर्माण अन्तिम चरणमा पुगेको छ । स्थानीय युवाहरु नविन पुरी, टिकाराम लामिछाने, दिनेश बस्ताकोटी, मनोज पौडेल र सुबास आचार्य यस्का मुल सञ्चालक हुन् । अरु चारजनाको पनि लगानी रहेको फोरसिजन सञ्चालक समुहका अध्यक्ष नवीन पुरीले जानकारी दिए । होटल परिसरमा अत्याधुनिक स्विमीङ पुल, पार्टी तथा सेमिनार हल, बाल उद्यान मनोरञ्जन केन्द्र, १६ कोठाको आवासिय सुविधा र रेष्टुरेण्ट तथा बार रहने अध्यक्ष पुरीले जानकारी दिए ।
‘यस्को निर्माण अन्तिम चरणमा पुगेको छ, करिव दुई महिना भित्रै सबै सुबिधा तयार गर्ने लक्ष्य छ,’ पुरीले भने, ‘उपभोक्ता तथा ग्राहकलाई वढी सन्तुष्टि र गुणस्तरिय सुबिधा उपलब्ध गराउने योजना छ ।’
२२ कठ्ठा जमिनमा होटल परिसर रहनेछ । लगानीकर्ताहरु सबै युवा रहेको उनले बताए ।
‘हामी युवाहरु स्वदेशमै केही गर्नुपर्छ भनेर लागेका हौं, लगानी गरेपछि स्वभाविक रुपमा आर्थिक आर्जनको कुरा आउने नै भयो, तर हाम्रो स्वार्थ त्यती मात्रै होईन । कमसेकम स्वदेशमा पनि उद्योग ब्यापारमा अब युवा वर्ग होमिनु पर्दछ । तव मात्रै देश समृद्ध बन्छ । रोजगारी सिर्जना हुन्छ । ’–पुरीले भने ।
यो पार्टी भेन्यु र रेष्टुरेण्टमा करिव ३० जनालाई रोजगारी उपलब्ध गराईने अर्का सञ्चालक दिनेश बस्ताकोटीले जानकारी दिए ।
‘नाफालाई प्राथमिकतामा राखेर होटल खोलिएको हैन, हामी तमाम युवाहरुलाई एउटा सकारात्मक उर्जाको संदेश दिन चाहान्छौ , बस्ताकोटीले भने ।