समाजको आर्थिक अवस्था सुधार गर्न शिक्षामा लगानी आवश्यक : उपाध्यक्ष पाण्डे

 

चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले समाजको आर्थिक अवस्था सुधार गर्न शिक्षामा लगानी आवश्यक रहेको बताउनु भएको छ ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन वागमती प्रदेशको चितवनको भरतपुरमा आइतबार भएको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा सम्वोधन गर्दै उहाले शिक्षामा बजेट वृद्धि नगरे त्यसको प्रत्यक्ष मार आर्थिक क्षेत्रमा पर्ने भएकाले कुल बजेटको २० प्रतिशत रकम शिक्षामा विनियोजन हुनु पर्नेमा जोड दिनुभयो । शिक्षाको माध्यमबाट नै मुलुकको आमुल परिवर्तन हुन सक्दछ नेता पाण्डेले भन्नुभयो ‘नेपालको विगत र अहिलेलाई हेर्दैमा शिक्षाको महत्व कस्तो छ भन्ने विषय प्रष्ट हुन्छ ।’
जुन ठाउँमा जे फल्छ त्यही खेतीलाई सरकारले प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो । कृषिलाई वर्गीकरण गरेर सरकारले प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो । उहाले भन्नुभयो ‘जुन स्थानमा जे कृषिका उत्पादन फल्छ त्यही लगाउनु पर्छ र राज्यले त्यसैलाई अनुदान दिनु पर्दछ ।’
फल्ने प्रजातिका भन्दा अन्य खेती गर्ने र त्यसको लागि अनुदान ल्याउने कामले गर्दा बजेट र मेहनत खेर गइरहेको बताउनुभयो । उहाले भन्नुभयो इलाममा चिया खेती मात्रै गर्ने र त्यहाँ चिया खेती गर्नेलाई सरकारले सहयोग गर्ने । त्यस्तै गरी सिरहा, सप्तरीमा आँपखेती गर्ने, त्यसैगरी जुन क्षेत्रमा जे उत्पादन हुन्छ त्यही खेती गर्न सकेमा कृषिले फड्को मार्ने बताउनुभयो । निर्वाहप्रणालीको आधारमा खेती गर्दा व्यवसायिक नहुने राज्यको लगानीले प्रतिफल पाउन नसक्ने बताउनुभयो ।
कार्यक्रममा उहाले नेपालमा व्यवसायिक खेती नहुदा चामल आयात गर्नु पर्ने वाध्यता रहेको बताउनुभयो । नेपालमा वार्षिक ६० लाख मेट्रिक्टन धानको आवश्यकता रहेको छ त्यसमा ५० लाख मेट्रिक्टन उत्पादन हुदै आएका छन् । कृषिमा सामान्य सुधार गर्ने हो भने हाम्रो देशको माग यहीको उत्पादनले पुग्ने बताउनुभयो ।
उहाले नेपालको आर्थिक अवस्था सुधार गर्नको लागि बजारको सुधार आवश्यक रहेको बताउनुभयो । आर्थिक क्षेत्रलाई वृद्धि गर्न हरेक पेशालाई व्यवसायीकरण गनर्न जरुरी रहेको बताउनुभयो । सरकारी र निजी क्षेत्रले गर्ने व्यवसायमा फरक छ यस्तो अवस्थामा कसरी व्यवसायीकरण हुन सक्दछ । सरकारी विद्यालयले विद्यार्थी खोज्न घरघर जादैनन् निजी विद्यालयका सञ्चालक घरघरमा पुगेर ल्याउछन् उदाहरण यसैलाई लिन सकिन्छ । आफूले अपनाउने क्षेत्रलाई व्यवसायिक प्रतिष्पर्धामा लैजाने हो भने आर्थिक चलायमान हुने भएकाले पर्यटकीय गतिविधि पनि वृद्धि हुने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य जगन्नथा थपलिया, पार्वती रावललगायतले समाज विकासमा प्राध्यापकको भूमिका रहेको बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट