चेम्वर अर्फ कर्मस चितवन संगठन बिस्तारमा , माडी अध्यक्षमा अधिकारी मनोनीत

 

चितवन , फागुन १३।

चेम्बर अफ कमर्स माडी नगरपालिकाको अध्यक्षमा युवा व्यवसायी भिष्म अधिकारी मनोनीत हुनुभएको छ ।

चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दिर्घमान श्रेष्ठले सस्थाको बिधानको पििरधिभित्र रहि अध्यक्षलाई दिएको अधिकार प्रयोग गरि अधिकारीलाई माडी चेम्बरको अध्यक्षमा चयन गरेको जानकारी दिनुभयो । अधिकारीलाइृ माडीका उद्योगी व्यवसायीहतवन रुलाई समेट्दैं यथाशिघ्र कार्यसमति विस्तार गर्न समेत निर्देशन दिईएको छ । निर्माण व्यवसायमा संलग्न अधिकारी निर्माण व्यवसायी संघ चितवनका महासचिव र विसहजवार जेसीज भरतपुरका निवर्तमान अध्यक्ष हुन् ।

माडी नगरपालिका स्तरिय चेम्बर अफ कमर्सको अध्यक्ष चयन भए संगैं अधिकारीले माडी क्षेत्रमा रहेका उद्योगी व्यवसायीहरुको हक हित संरक्षणमा लागि पर्ने बिश्वास आफुले लिएको चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दिर्घमान श्रेष्ठले बताउनुभयो । चितवन चेम्बर अफ कमर्सले अहिले जिल्लाका बिभिन्न नगरपालिका र गाउपालीकामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।

ताजा अपडेट