उत्तर कोरियासितको बैठकप्रति ट्रम्प आशावादी

काठमाडौं , ९ फागुन  :

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले वार्ताकाबारेमा प्रतिक्रिया दिँदै आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर कोरियाली नेतासँगको बैठकप्रति आफू निकै आशावादी रहेको बताए ।

‘यसको अर्थ आगामी बैठक नै अन्तिम भन्ने त होइन । तरपनि मलाई लाग्छ, त्यो बैठक सफल हुनेछ’–उनले भनेका छन् ।

उनले सो बैठकबाट दुई देशबीचको सम्बन्धमा अहिलेकोभन्दा अझै सुधार आउने धारणा राखे ।

त्यस बैठकपछि अमेरिकाले उत्तर कोरियामाथि लगाएका केही नाकाबन्दीहरुमा पनि खुकुलो पारिने धारणा उनले राखेका छन् ।

राष्ट्रपति ट्रम्पले यदि उत्तर कोरियाले अमेरिकाले यसअघि भन्दै आएका केही कुराहरुमा सहमति जनायो भने अमेरिकाले पनि त्यस्तो नाकाबन्दीलाई खुकुलो पार्ने बताएका हुन् ।

अमेरिकाले वास्तविकरुपमा उत्तर कोरियाको नाकाबन्दी हटाउन चाहेको तरपनि उत्तर कोरियाको तर्फबाट पनि निःशस्त्रीकरण पूर्णरुपमा लागू भएको हेर्न आफूले चाहेको पनि राष्ट्रपति ट्रम्पले बताएका छन् । रासस/सिन्ह्वा

शेयर गरौ

ताजा अपडेट