******* हिरामणी अधिकारी *****
तत्कालीन अवस्थामा राणाहरुको जनताप्रतिको नकारात्मक नजरले जन्माएका विपि बाबु अनि बि पि बाबुले प्रतिपादन गरेको नेपाली कांग्रेस साँच्चिकै नेपाली राजनीतिको जग हो ।यही जगलाई अाधार बनाएर आज नेपाली कांग्रेसका नेता कार्यकर्ता आफुलाई लोकतन्त्र वादि ठान्दछन्।त्यसो त विपि बाबुलाई अन्य पार्टीहरुले पनि सम्मान गर्छन् अनि प्रभावित पनि छन्।तर अहिले आएर पार्टी पंक्ति विचलनमा पुगेको भान भइरहेको छ।राजनीतिलाई पेशा ठान्ने हरु हाबी भैरहेको छन्।आफ्नो पार्टीको मुल नीति र मर्म विपरीत कार्य गरिरहेका छन्।हाम्रा जनप्रतिनिधि हरु आफुलाई विभित्र पदहरुमा प्रतिस्थापन गराएर गजधुम्म भैरहेका छन्।विकास निर्माण भनेको बाटो मात्रै हो भन्ने सोचमा छन्।विना मापदण्ड बनेका बाटो हरु एक वर्ष नपुग्दै भत्किरहेका छन्।अझै पनि महानगरका ६०% बाटो हरु मापदण्ड विपरीत छन् ।शिक्षित जनशक्ति विदेशिएका छन् ।आफ्नै देशमा केही गर्छु भन्ने युवालाई कुनै प्रोत्साहन छैन बेरोजगारी मात्र बढिरहेको छ।हत्या ,हिंसा ,बलत्कार चरम उत्कर्षमा पुग्दा सरकार मौन छ।कडा कानुनको व्यवस्था नहुदा बालिका तथा महिला दैनिक जस्तो मारिएका छन्।सुरक्षाको अनुभती नै छैन ।कल कारखाना धरापमा छन्।खेतीयोग्य जमिन मासिइरहेका छन्।शिक्षा स्वास्थ्य रोजगारी जनताका न्युनतम आवश्यकता प्रति कसैले सम्बोधन गरेको देखिदैन । विभिन्न सङ्ग सस्थाहरुपनी प्रभाब मुखी हुन सकिरहेका छैनन । भुमिका बिहिन रहेका छन । सरकार कुनै योजनाविना नै चलिरहेको छ।कृषि क्षेत्र प्लटिङमा परिणत भैरहेको छ।विभिन्न विसंगति बाट गुज्रिएको हाम्रो देश ,त्यसमाथि कोरोनाले आक्रान्त पारिरहेको अवस्थामा रोग र भोकले मर्नेको संख्या दिन दुगुना रात चौगुनाले बढिरहेको छ।देश विपत्तिमा पर्दा कमाउने हरुको होडबाजी चल्छ। यस्तो अवस्थामा सरकारी निकायको मुख ताक्नुभन्दा निजी संघ संस्थालाई प्रोत्साहन गरि विकास निर्माण कार्यमा अग्रसर गराउन पट्टी ध्यान जानू जरुरी छ।जस्तै ठूला व्यापारी हरु,उद्योग बाणिज्य संघ,रेडक्रस ,टोल विकास संस्थाहरु,विभित्र क्लबहरुलाई प्रत्यक्ष रुपमा यहाँको विकासको लागि जिम्मेवार हुनलाई आकर्षित बनाउनु पर्ने देखिन्छ ।बेरोजगार युवा तथा महिलाहरुको डाटा संकलन गरि रोजगारीको अवसर दिलाउन सके केही मात्र भए पनि सम्बृद्धि उन्मुख हुने थिए।जनता सम्बृद्ध हुनु नै राष्ट्र सम्बृद्ध हुनु हो ।त्यस्तै गरि खेती योग्य जमिनको पहिचान गरि प्लटिङ गर्न बाट जोगाई खाद्यान्नमा आत्मनिर्भर हुन सके देशको अर्थतन्त्र बलियो हुने थियोे ।नेतृत्वमा पुगेका जनप्रतिनिधिहरुले समयसिमा तोकी आफ्ना कार्य योजना स्पष्ट गर्न सक्नुपर्छ ।शिक्षा ,स्वास्थ्य ,रोजगारीको ग्यारेन्टी अनिवार्य गर्नुपर्छ।सबैलाई समान अवसर प्रदान गरि अपनत्वको अनुभुती गराउन सक्नुपर्छ ।सामुदायिक विद्यालयहरुको स्तर उन्नति गर्दै उपलब्ध साधन स्रोतको उचित परिचालन गर्नुपर्छ।प्रत्येक वडामा स्वास्थ्य चौकी ,सार्वजनिक सौचालय ,प्रहरी विट,सामाजिक संघ संस्थाको उपस्थिति हुनु जरुरी छ। भौतिक बिकास भनेर बाटो बनाउनु मात्रै विकास नभइ जनताको आर्थिक ,सामाजिक ,राजनीतिक जिवनमा प्रगति ल्याउन सक्नु आफ्नो कर्तव्य हो भनेर आफ्ना कार्ययोजनामा राख्न सक्नु सक्षम जनप्रतिनिधिको दायित्व हो । अबको यति वर्षमा आफ्नो महानगरलाई यत्तिको बनाउनु पर्छ भन्ने लक्ष्य लिएर अगाडि बढेको खण्डमा पक्कै पनि सुखी जनता सम्बृद्ध महानगर भनेर इतिहासमा नाम लेखिने कुरामा कुनै द्विविधा छैन । अन्तमा राजनीति गर्नु भनेको जनता र देशको सेवा गर्नु हो ।राजनीतिलाई विकाससंग जोडेर नेतृत्व पंक्ति तथा जनप्रतिनिधिहरुको मन मष्तिष्कमा सेवाभाव अंकुरित हुनु जरुरी भैसकेको छ।जनतालाई शासक बनेर हैन सेवक बनेर प्रस्तुत भएमा शुन्दर,शान्त ,सम्मृद्ध महानगर हाम्रो कल्पना ,सपना विपनामा परिणत हुन्छ।झुपडीमा धेरै बत्ती बालिसकेका छौं हामीले अब नेतृत्वका खोपडीमा बत्ती बाल्न जरुरी भैसक्यो।अबको नेपाली कांग्रेसले जनताको लागि मात्र खट्नुपर्ने बेला आएको छ।केन्द्र देखि वडा,टोल सम्म आफ्नो उपस्थिति देखाउनु जरुरी भैसकेको छ।जहाँ नेपाली कांग्रेस त्यहाँ विकास जनताले अनुभुतिकासाथ भन्न सकुन। ( लेखक हिरामणी अधिकारी नेपाली कांग्रेस चितवनका युवा नेता हुन् । )