मिले देशको मुहार फेर्न सकिन्छ

केशव अधिकारी
आम मानिसले कम्युनिष्ट भनेका सबैलाई समान व्यवहार गर्ने ,शोषित र अपहेलितहरुको पक्षमा आफूलाई उभ्याउने, समाजलाई शोषण गर्ने थलोबाट मुक्त गर्ने, आफ्नै जोस ,जाँगर र सोचमा सुन्दर समाज, देशअनी संसार निर्माणगर्ने दक्ष कर्मिको रुपमा चिन्दछन् ।
त्यसैले दुख पीडामा,गार्हो सार्होमा‌ र अन्यायमा‌ सर्वसाधारणहरु कम्युनिष्टलाई आफ्नो साथी अनि सहयोगी ठान्छन्। कम्युनिष्ट सिद्धान्तको भाष्यमा कम्युनिष्ट विचारलाई ,जसरी जहिले ,जसले बिश्लेषण र ब्याख्या गरेपनि यसको सार कुरो शोषण रहीत समाजको सृजना गर्दै समाजलाई समृद्ध र मानव मात्रलाई समान व्यवहार र अबसर प्रदान गर्नु नै हो।यहि उदेश्य प्राप्तिको लागि नेपालमा २००६ सालमा‌ कम्युनिष्ट पार्टीको गठन भएको हो। तर्ककोआधारमा कम्युनिष्टहरु यहाँ घेरै लडे,जुँगाको लडाईमा बुज्रुक उपबुज्रुकहरु मारामार गर्न थाले र कम्युनिस्ट विचार राख्ने मानिसहरू चिरा चिरामा बिभाजित भए । दुख खेपे प्रताडित भए ,जेल नेल भोगे तर पनि नेपालका भुईमान्छेहरुको यस सिद्धान्त प्रति भएको अविचल आस्था डगेन बरु नेतृत्व तहका नेताहरुलाई एकैसाथ एकै ठाउँमा आउन बाध्य पारे।चुनाव जिताए सत्तादिए ,शक्तिदिए नेकपा एमाले र नेकपा माओवादीलाई संगसंगै अघिबढ्न जनाधिकार दिए।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको बखत हामी जस्ता सामान्य मानिसलाई लागेको थियो । अब देसका सबै राजनैतिक दलहरुमा ध्रुविकरण हुनेछ स साना टुक्रा, समुह र राजनैतिक दलहरु अब आपसमा गाभिएर नयाँ राजनैतिक संस्कारको सुरुवात हुने छ । सत्ताको निम्ति राजनीतिमा हुने गरेका फोहोरी गतिबिधिहरुले अब स्थान पाउने छैनन्‌ ,देशले स्थिरअनि शक्तिशाली सरकार पाउने छ । तर यि सबै आशाहरु माथि‌ बिस्तारै पदमोह अनि पदको घमण्डले आआफैमा‌ जुझ्ने र जोगिने खेलको ग्रहण लाग्यो। न देशलेआशातीत विकास गर्ननै सक्यो नत पार्टी एकिकरणको मिठास हामीले महशुस गर्न सकेयौ। नेपाली ईतिहासकै ठुलो कम्युनिष्ट पार्टी नेकपाको पहिलो महाधिवेशनको मिति करिब करिब तय भैसकेको वर्तमान परिस्थितीमा पार्टीको एकिकरण प्रक्रियालाई पुर्णता दिन अझै बाँकी नै छ।
यदि निर्धारित मितिमा एकिकरण अभियानको संपुर्ण प्रकृया सुसंपन्न हुँदो हो त स्थानीय स्तरदेखि केन्द्रीय स्तरमा सरकारले गरेका कामहरुको अपनत्व ग्रहण गर्ने लाखौं कार्यकर्ता मात्र नभैकन जनसमुदाय पनि हुने थिए। संपुर्ण पार्टी कार्यकर्ताले जिम्मेबारी पाउने थिए । विचारको मन्थन् गर्ने थिए र विकास निर्माणको कामहरुको उत्साहका साथ अपनत्व ग्रहण गर्थे। तर आज राज्यका कुनै निकायले गरेको विकासलाई समेत सबैपक्षले सहर्ष स्विकार गरेको देखिदैन । त्यतिमात्र नभई उपेक्षा र आलोचनाका स्वरहरु उठ्ने गरेका हामीले सुन्दै आएकै छौं ।यो अस्थिरता र पार्टी कार्यकर्ताहरुकै गैर् राजनैतिक र पार्टीको अनुशासन विपरित कृयाकलापलाई सचेत र संयमित गराउने जिम्मेवारहरुनै लाचार र निरिह छन् । यति मात्र नभै सरकार र पार्टीको संबन्ध अनि प्रदेश सभाहरुमा देखिएको वर्तमान गतिबिधीहरुले आगामी दिनमा हुने निर्वाचनमा कस्तो प्रभाव पर्ने हो त्यो त भविष्यले बताउने नै छ । वर्तमान कृयाकलापले पार्टीको एकिकरणलाई ग्रहण त लागिनै सक्यो दोष को को लाई कति लाग्ला त्यो गर्वमै छ ।
अब संयमित हौं चित्त दुखाई र असमझदारीहरुलाई धुने थलो पार्टी भित्रनै हो । सामाजिक संजालमा पोखेर जग हसाई नगरौं ,राम्रोलाई राम्रो भन्न कंजुस्याइ नगरौं, नेतृत्व ले बाटो बिराए झकझकाउने काम गरौं,अनावस्यक चाकरी गरेर म ठुलो हु नसंझौं, त्यसले तपाईलाई समाजले कसरी हेरेको छ त्यो बुझौं।
समाजले बुझ्ने र सोच्ने गरी तपाई पनि स्वयले आफ्नो मुल्यांकन गर्नुहोस् । तपाईलाई समाजले कही कतै न कतै ठुलो पार्टीको अझै भनौं सरकार चलाउने पार्टीको कार्यकर्ता संझन्छन्‌ केही न केही समाजको रुपान्तरणमा तपाईको भुमिका खोजेकै हुन्छन्‌ तसर्थ चाहे जिम्मेवारी पदमा रहनुस् या नरहनुस् तिआशा गरेका मानिसहरुको आशालाई नटुटाउनुस् । पार्टीको अनुशासन पद र जिम्मेवारी मा रहदा मात्र मान्नु पर्छ भन्ने होईन। आखिर चुनाबमा तपाई हामी अरु कुनै दल विषेश को झण्डा बोक्न कदापी सक्दैनौं । न त नुनाव ताका चुप लागेरै बस्न सक्छौं तसर्थ ढिलो चाडो जिम्मेवारीमा पुग्ने तपाई हामी नै हो । निर्बाचनका बेला समाजमा‌ गर्व गरेर भन्न सक्ने धेरै काम यो सरकारले (चाहे संघीय,प्रदेश वा स्थानिय नै किन नहोस् ) पक्का पनि धेरै गरेकै छन् त्यसलाई अपनत्व ग्रहण गर्नुहोस् ।
हुन सक्ला कैंयौ कुराहरु आशा गरिएको भन्दा कम भए होलान त्यसैलाई हाम्रो केही आपसी र कमिटीगत असमजदारीका कारण सरकार र पार्टी हित बिपरित प्रयोग गरेर तिक्तता नपोखौं अब सकारत्मकसोच, सृजनशिलताका साथ रचनात्मक बनौं आपसी सद्भाव बढाऔँ ,मिल्यौं भने हामी हाम्रो देशको मुहार फेर्न सकिन्छ। मिलेनौं भने‌ देश खोज्न हिँड्नु पर्ने बेला पनिआउन सक्छ सबै सचेतना भया ।

घर दैलो प्रवेश गर्दै गरेको चाढवाडहरु संयमित बनेर सचेतना पुर्वक मनऔं सबैमा‌ शुभकामना ।

शेयर गरौ

ताजा अपडेट