हद भन्दा नि ज्यादा भो,
भारतीय मिडियाले फेरि एकपटक आफ्नो औकात देखाएका छन् । तिनीहरु नेपाललाई धम्काउने शैलीमा निर्वस्त्र भएर चिच्याउन थालेका छन्, यो प्रोपोगाण्डाका पछाडि भारतीय गुप्तचर संस्था ‘रअ’को योजनासमेत जोडिएको बुझ्न सकिन्छ । किनकी आत्तिएका उनीहरु धम्काएरै नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा आफ्नो बनाउन सकिन्छ कि, नेपाललाई चुप लगाउन सकिन्छ कि भन्ने दाउपेचमा लागेका छन् । दुनियालाई थाहा छ, भारतीय मिडिया त्यसमा पनि भारतीय टेलिभिजनहरु विश्वकै फेक, अराजक र खराब मानिन्छन् । विश्वविद्यायमा समेत विश्वका फेक मिडियाबारे छलफल हुँदा भारतीय टेलिभिजनकै चर्चा हुन्छ । त्यसैले तिनलाई विश्वले त के आफ्नै भूमिमा समेत विश्वास गरिदैन । ‘पिप्ली लाइभ’ फिल्म यिनको खास औकात र अनुहार हो । तथ्य, तर्क र प्रमाण नभएको भारत केवल बलमिचाइँतर्फ उद्दत छ । इष्ट इण्डिया कम्पनीको दास बनेको भारतलाई चेतना होस्, आफ्नो सीमा र स्वाधीनता रक्षाका लागि प्रत्येक नेपाली नागरिक आफैमा सैनिक हुन्, पहाड पखेरामा दौडन जानेका छन्, सीमा रक्षाका लागि लाखौँ नेपालीको लाइन लाग्ने छ । त्यस्ता बन्दुक बारुद पड्काउन त महिना दिनमै सिकिन्छ । यिनको सीमाको रक्षा त हाम्रा दाजुभाईले गर्दिनुपरेको छ ! इतिहास साक्षी छ, हाम्रा फौज गएर यिनको स्वाधीनता जोगाइदिनुपर्यो ! फूर्ति लाउँछन् अझै ! बहादुरीका साथ ‘पिछे’ हट्ने तिनका सेनाको धाक देखाउनै पर्दैन । कुकुर भुकेर हात्ती लम्किन छोड्दैन । विस्तारवादी भारतलाई चेतना होस् । जय मातृभूमि । जय नेपाल ।
( नेपाल पत्रकार महासंंघका केन्द्रीय सदस्य कृष्ण गिरिकाे फेसवुकवालबाट )