केशव कडेल
कमरेड केपी ओलीलाई सजिलै हराउन सकिँदैन । नयाँ नयाँ फण्डा , लफडा झिक्छ्न । केपी ओलीको यो विशेषता म ३० वर्ष देखि जान्दछु कमरेड प्रदीप नेपाल भन्नुहुन्थियो ।
बुढो गोरुले गाइ ओगटेको भन्ने नेपाली उखान सम्झन मन लाग्यो । यदि आफुलाइ मानसिक ,शारीरिक रुपमा कमजोर महसुस भएको हो , थकान लाग्न थालेको हो भने आराम गर्दा नै राम्रो हुन्छ नी । वास्तबमै यति खेर गर्नु पर्ने धेरै छ तर हाम्रो सम्माननीय प्रधानमन्त्रीलाइ आरामको खाचो छ ,देशले हजुरको नेतृत्व खोजेकै हो भने पार्टी अध्यक्षबाट राजिनामा दिएर बाटो खुल्लला गर्नुुुहोस । पार्टीले उठाएको एक ब्यक्ति एक पद पनि पुरा हुने र हजुरले पनि समृद्ध नेपाल सुखी नेपाली निर्माणमा दत्तचित्त भएर लाग्ने समय मिल्ने , आराम गर्ने समय पनि मिल्ने साथै पार्टी भित्र अन्य थुप्रै क्षमतावान नेताहरु पनि हुनुहुन्छ । जसले पार्टी निर्माणमा आफुलाइ लगाउनुहुने छ र उक्त पार्टी तपाईंको राम्रो कामको प्रशंसा र यदि गलत भयो भने त्यसलाइ सच्चाउन रचनात्मक सुझाव सहित देश भरी लाग्ने छ र यो पार्टी भित्र एक बिधी स्थापित गर्ने नेताको रुपमा इतिहासले तपाइलाइ चिन्ने छ । बिगत लामो समयदेखि विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त छ , यस्तो बिषम परिस्थितिमा विश्वको प्रधानमन्त्रीहरु कोरोनाबाट आफ्नो देश र नागरिकलाइ कसरी बचाउन सकिन्छ भनेर अहोरात्र फिल्डमै खटिएका छ्न । चिनको रास्ट्रपति स्वयम खटिएको फोटो हामीले समाचारमा देख्यौ । आज पनि विश्वमा थुप्रै देशका कार्यकारी प्रमुखहरु फिल्डमै खटिएको देख्न पाइन्छ साथै कोरोना कहर पछि देशमा पर्ने ठुलो आर्थिक संकटबाट देशलाइ कसरी मुक्त पार्ने भनेर निकासको उपाए खोजिरहेका छ्न तर हाम्रो देशमा अध्यादेश प्रकरण पश्चात हाम्रो सम्माननिय प्रधानमन्त्री ज्युले दिनमा कति घन्टा कोरोना रोकथाम , नियन्त्रण , जनतालाइ राहत , देशको खस्कदो अर्थतन्त्र आदिको बारेमा सोच्ने फुर्सद पाउनुभयो होला त ? यो बिषयमा सोच्नुभएको होला त ?
समस्या समाधान हुने हो तर यदि तपाइले नेतृत्व गरिरहेको पार्टीको स्थायी समिति सदस्यहरुले बैठक माग गरि रहदा तपाइँ बिभिन्न बाहना खोजेर बैठक स्थगित गर्दै हिड्नुभएको छ । अब बैठक राखी समस्या समाधान गर्ने जिम्मा कस्को ? बैठक नै आह्वान गर्न नसक्ने अवस्थामा तपाईंले पार्टीको नेतृत्व गर्नु उचित होला कि नहोला ? भन्ने जिज्ञासा आम नेकपाको नेता कार्यकर्तामा नआओस बेलैमा यस बिषयमा ध्यान पुर्याएर बैठकको माध्यमबाट निकास खोज्दा नै राम्रो होला भन्ने तमाम नेकपाको नेताकार्यकर्ताको बुझाइ छ ।
बैठकबाट भाग्नु समस्या समाधानको बिकल्प होइन , झन समस्या बल्झदै जाने प्रक्रिया हो तसर्थ बेलैमा निकास दिएकै राम्रो होला कि ? नेकपाको स्थायी समिती , केन्द्रिय समिती , लाखौंलाख नेताकार्यकर्ताहरुलाइ यो कोरोना विरुद्धको लडाइमा एकजुट भएर लाग्न निर्देश स्थायी समितिले दिन जरुरी छ ।
आज आफ्नो पार्टी र सिङ्गो मुलुकमै नेकपाभित्रको किचलोले सताएको यो अवस्थामा सिङ्गो मुलुक र पार्टीले कुसुल नेतृत्व पाउन सक्दैन तसर्थ बेलैमा बैठक मार्फत निर्णयहरु सार्बजनिक गर्दै निर्देशित गर्न जरुरी देखिन्छ , यदि बैठक स्थगित गर्दै भाग्दै हिड्ने , नागरिक कोरोनाको चपेटामा भयभीत हुने र आगामी संसदमा प्रतिपक्षीले अबिस्वासको प्रस्ताव दर्ता गरायो भने यो सरकारको अवस्था र नेकपाकै अवस्था के होला ? बेलैमा बिचार गरम । समय छ , मौका आउछ पर्खदैन , बगेको खोला फर्कदैन । समयमै सचेत बनौं ।