काठमाडौं, ३० फागुन । सरकारले वैदेशिक रोजगारीका लागि दिंदै आएको श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गर्ने भएको छ ।
विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले अनिश्चितकालका लागि श्रम स्वीकृति रोक्न श्रम मन्त्रालयलाई निर्देशन दिएको हो ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्देशन गरेको हो । आज (शुक्रबार) यस विषयमा औपचारिक निर्णय हुने श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ ।
‘श्रम स्वीकृति नदिने निर्णय भइसकेको छैन,’ श्रममन्त्री रामेश्वर राय यादव भन्छन्, ‘यस विषयमा आज औपचारिक निर्णय गर्छौं । उच्चस्तरीय समितिले हिजो श्रम स्वीकृति रोक्न भनेको छ । मन्त्रालयले यस विषयमा आज औपाचारिक निर्णय गर्छ ।’


