अन्तत चितवन मेडिकल कलेज झुक्यो : बढी शुल्क ३० दिनभित्र फिर्ता गर्ने

चितवन ४ असोज ।
सरकारले तोकेको शुल्क भन्दा धेरै बिद्यार्थीबाट लिदै आएको चितवन मेडिकल कलेजले फिर्ता गर्ने भएको छ ।

बिद्यार्थीले निरन्तर गरेको आन्दोलन र आज भएको वार्तामा यस्तो सहमती भएको हो ।  कलेज प्रशासन विधार्थी  र अभिभावकबीच आज जिल्ला प्रशासन कार्यालयमा भएको वार्ता सहमतिमा टुंगिएको हो ।

कलेजले विद्यार्थीसँग अवैध रुपमा बढी अशुलेको शुल्क फिर्ता गर्ने भएको छ । सहमतिअनुसार बढी लिएको शुल्क ३० दिनभित्र कलेजले विद्यार्थीहरुलाई फिर्ता गर्ने लिखित सहमति भएको हो ।

कलेजले शुल्क फिर्ता गर्ने र विगत लामो समयदेखि ठप्प रहेको पठनपाठन भोलीबाटै सुचारु गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । यो सहमतिसँगै विद्यार्थीहरुको आन्दोलन तत्कालका लागि स्थगित भएको छ ।

आज विहान १० बजेबाट साँझ ५ बजेसम्म प्रशासन कार्यालयमा वार्ता भएको थियो । प्रमुख जिल्ला अधिकारी बस्नेतको रोहवरमा भएको वार्तामा कलेजका प्रमुख हरिश न्यौपाने, प्रमुख प्रशासक प्रताप देवकोटा, आन्दोलनरत विद्यार्थी प्रकाश चन्दको नेतृत्वमा विद्यार्थीहरु र अभिभावकहरु सहभागि भएका थिए ।

मेडिकल कलेजले सरकारले तोकेको भन्दा १२ लाख बढी शुल्क अवैध रुपमा असुलेको भन्दै विद्यार्थीहरु चरणवद्ध आन्दोलनमा रहेका थिए । विद्यार्थी आन्दोलीत बनेपछि विगत १९ दिनदेखि कलेजको पठनपाठन ठप्प रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट