चितवनमा राहदानी बनाउनेको सख्यामा भारी गिरावट : बैदेशिक रोजगारीमा जाने घटे

चितवन समाचार डटकम,
४ असोज । चितवनबाट राहदानी बनाउनेको सङख्यामा चार वर्ष यता भारी गिरावट आएको छ ।
रोजगारी, अध्ययन, भ्रमणलगायत विभिन्न कारणले विदेशमा जानकोलागि बनाउने राहदानीको सख्या हरेक वर्ष घट्दै आएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जितेन्द्र वस्नेतले भन्नु भयो ‘राहदानी बनाउनेको सख्या क्रमिक रुपमा घट्दै गएको छ ।’ कार्यालयका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा २३ हजार एकसय ३२ जनाले राहदानी बनाएकोमा आर्थिक वर्ष ०७५÷७६ मा १६ हजार पाँचसय १२ जनाले मात्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालयले राहदानी बनाउनको लागि आवेदन भरेर पठाउने काम गर्दछ । चार वर्ष यता ६ हजार ६ सय २० जनाले राहदानी बनाउन कमी आएको छ ।
वैदेशिक रोजगारीमा जानेको सख्यामा कमी आउनु, विदेशमा भएकाहरु पनि स्वदेशमा आउने, थोरै कमाइको लागि यही व्यवसाय गर्नेको सख्या वढ्न थालेको कारण राहदानी बनाउनेको सख्या घटेको प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत इश्वर सिंखडाले जानकारी दिनु भयो ।
आर्थिक वर्ष ०७३÷०७४ मा १७ हजार २४ जना, आव ०७४÷०७५ मा १६ हजार ५ सय २८ जनाले राहदानी बनाएका छन् । राहदानी बनाएर बापत गएको आर्थिक वर्षमा ७ करोड एकलाख ४४ हजार ५ सय राजश्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । चार वर्ष अगाडि मात्रै राहदानी बनाए वापत ९ करोड ३३ लाख ७ हजार ५ सय राजश्व संकलन भएको थियो ।
वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आउनु भएका अधिवक्ता सुर्यवहादुर वोहराले भन्नु भयो ‘मासिक ३० ÷४० हजार कमाउनको लागि लाखौ लगानी गरेर जानेको सख्या घटेको छ, उनीहरु यही सानोतिनो व्यापार व्यवसाय गर्दा कमाइ हुने भएकाले जान छाडेका हुन् ।’ विदेशबाट फर्केर आएकाको समस्याका विषयमा काम गर्दै आउनु भएका वोहराले भन्नु भयो देशमा शान्ति स्थापना, काम गर्ने वातावरण र विदेश जाने पैसाले यही रोजगार हुने भएपछि स्वरोजगार भएका छन् । विदेशमा दुःख पाएर फर्केकाहरुको पीडाले गर्दापनि नयाँ जानेहरुकालाई निरुत्साहित पारेको उहाँको भनाइ छ ।
साना उद्योग तथा व्यापारमा अहिलेका युवाहरुको सक्रियता बढेको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी बताउनु हुन्छ । संघमा अहिले साना घरेलु उद्योग तथा जग्गा बैकमा राखेर भएपनि लगानी गर्ने युवाहरु परामर्शको लागि आउने गरेको बताउनु हुन्छ ।

शेयर गरौ

ताजा अपडेट