काठमाडौं १७ साउन । नेपाल र मलेसिया सरकारबीच सरकारीस्तरमा श्रम सम्झौता भएको एक वर्ष पुग्न लाग्यो ।
गत आर्थिक वर्षको जेठ महिनादेखि नयाँ श्रम स्वीकृति लिएर नेपाली कामदार मलेसिया जान पाएका छैनन् । मलेसिया कामदार आपूर्ति गदै आएका ४ सयभन्दा धेरै म्यानपावर कम्पनी बन्द हुने अवस्थामा पुगेका छन् ।
मलेसिया नेपाली श्रमिकको रोजगार गन्तव्य देश भित्र पर्छ । पछिल्लो समय मलेसियाको रोजगारी कहिले खुल्छ भनेर प्रतिक्षारत कामदार पनि त्यहाँ काम गर्ने जाने आस नै मार्ने थालेको बताउँछन् । यसरी मलेसिया जान्न प्रतिक्षामा बसेका कामदार भने त्यहाँ रोजगारीबाट टाँडिन थालेका छन् ।
म्यानपावर व्यवसायीका अनुसार मलेसियाका बारेमा श्रमिकले सोध्न छाडेका छन् । सरकारले सिण्डिकेटवाला सस्थालाई जिस्काएका कारण मलेसियाको रोजगारी एक वर्षदेखि बन्द भएको रोजगार विज्ञ गणेश गुरुङले बताएका छन् । कामदारमाथि आर्थिक शोषण भएको विषयमा सवै जानकार छन् । यति थाहा हुँदा पनि कारबाही नगर्दा विचौलिया र ठगी खान पल्केकाको मनोबल बढ्दा मलेसियाको रोजगारी एक वर्षदेखि बन्द रहेको उनको भनाइ छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत फागुन महिनामा जेठभन्दा अगाडी कलिङ भिसा लागेका कामदार पठाउन शुरु गरेको थियो । फागुनमहिना यता करिब ६ हजार कलिङ भिसा लागेको कामदार मलेसिया पुगेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । गत आर्थिक वर्ष मलेसिया रोजगारीका लागि ४० हजार पुगेको विभागको तंथ्याकमा छ ।
पछिल्लो समय मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने ९९ सय वटा सस्था श्रम मन्त्रालय छनोट गरेको थियो । यसरी छनोट गरेको सस्थामा समस्या रहेको भन्दै उजुरी परेपछि पुन अनुगमन गरे छनोट गर्ने श्रम मन्त्रालयले जनाएको छ । श्रम मन्त्रालयले भने मेडिकलको टुंगो लागेपछि मलेसियाको रोजगार खुल्न बताएको छ ।


