चितवन, ८ साउन ।
भरतपुर स्थित हाकिमचोकमा रहेको तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पहिलो शाखा कार्यालयको रुपमा सेबा केन्द्र शुक्रनगरमा बिस्तार गरेको छ ।
सहकारी संस्थाले भरतपुर महानगरपालिका बार्ड नं २५ शुक्रनगर शोशी बजारमा सेबा केन्द्र बिस्तार गरेको हो । सेबा केन्द्रको मंगलवार एक कार्यक्रमका बिच प्रदेशका भुमी ब्यबस्था कृषी तथा सहकारी बिकास मन्त्री दाबा दोर्जे लामाले उदघाटन गर्नु भएको हो ।
उदघाटन कार्यक्रममा बोल्दै मन्त्री लामाले स्थानिय स्तरमा काम गरिरहेका सहकारीहरुले स्थानियबासीहरुको जिबनस्तर उकास्ने खालका काम संचालन गर्न र कृषीको क्षेत्र लाई फराकिलो बनाउदै आय आर्जनका काममा टेबा पुरर्याउन पर्ने बताउनु भयो ।
मन्त्री लामाले देशको अर्थतन्त्रमा सहकारी संस्थाले पुरयाएको टेबाको सरहाना गर्दे बिपन्न र गरिबहरुको सहयोगी संस्थाका रुपमा अगाडी बढनु पर्ने बताउनु भयो । त्यसै गरि कार्यक्रमका बिशिष्ठ अतिथी प्रर्देश सांसद कृष्ण भुर्तेलले बित्तिय क्षेत्रको सुधारका लागी सहकारी संस्थाहरु गभिन आबश्यक भएको र सानो पुजी लाई घर दैलोमा पुरयाएर सेबा दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका बार्ड नं २५का वडा अध्यक्ष बिजय भुजेलले बित्तिय संस्थाको अभाबमा सेबाकेन्द्र अब स्थानियहरुको दुःखको सारथी बन्ने बताउनु भयो।
कार्यक्रममा संस्थाका सल्लाकार संयोजक हरि प्रसाद गैरे, सामाजिक अगुबा केशब देबकोटा , जिल्ला तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष हरिष चन्द्र सुबेदी, प्रभात माबिका प्रधानध्यापक होम नाथ भण्डारी लगायतले शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा सहकारी संस्थामा हाल पश्चिम चितबन क्षेत्र बाट २ सय शेयर सदस्य रहेको तथा संस्थामा जम्मा १ हजार २ सय शेयर सदस्य र करिब ३५ करोड पुँजी रहेको सहकारी संस्थाका ब्यबस्थापक कृष्ण शर्मा बस्तीले जानकारी दिनु भयो । संस्थाका सहसचिब चन्द्रकला लामीछानेले स्बागत र सचिब रेगन पन्तले संचालन गर्नु भएको कार्यक्रमको सभापतित्ब अध्यक्ष सुदीप रेग्मीले गर्नु भएको हो । सेवा केन्द्र उदघाटन कार्यक्रम पश्चात संचालनमा आएको छ ।


