रुपन्देही , १० असार।
चट्याङ लागेर रूपन्देहीमा आज तीन जनाको मृत्यु भएको छ ।
दिउँसो परेको पानीसँगै आएको चट्याङ लागेर रूपन्देहीमा तीन छुट्टाछुट्टै स्थानमा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सैनामैना ७ आमीका ६२ वर्षीय चन्द्रबहादुर बिक, कञ्चन गाउँपालिका २ बसन्त फुलबारीका ६० बर्षीय नन्दराम अर्याल र गैडहवा गाउँपालिका ७ वर्गदैयाका २५ वर्षीय भगवानदास लोध रहेको प्रहरीले जनाएको छ ।
घरनजिकै गाइ वस्तु चराउने क्रममा चट्याङ लागि घाइते भएका चन्द्रबहादुर बिकको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । त्यस्तै नन्दराम अर्यालको पनि घरनजिकै गाई वस्तु चराउने क्रममा चट्याङ लागि घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। मंगलबार साझपख रूपन्देहीलगायतका क्षेत्रमा मेघगर्जनसहित ठूलो पानी केहीबेर परेको थियो।


