चितवन समाचार डटकम
२६ भदौ । ३ नं. प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणको काम अब जेठ मसान्त भित्र सम्पन्न गर्नेगरी प्रदेश सरकारले नीति ल्याउन लागेको बताउनु भएको छ ।
निर्माण व्यवसायी संघ चितवनको २६ औ साधारण सभा तथा अधिवेशनको विहीबार भरतपुरमा उद्घाटन गर्दै असारे विकास टिकाउ नहुने भएकाले यस्तो नीति ल्याउन लागेको बताउनु भयो । उहाले भन्नु भयो ‘हिलो र पानीमा सडक बनाएर टिकाउ हुदैन त्यसैले अब जेठ मसान्तभित्र विकास नगरे बजेट निकासा नहुने गरी व्यवस्था गर्दैछौ ।’ सडक बनाउने केराको पातले छोपेर कालोपत्रे गर्ने यो कस्तो निर्माण हो उहाले भन्नु भयो ‘नियतवस काम ठक्नेहरुलाई सरकारले कार्वाही गर्छ, तपाइहरुले आफ्ना सस्थाबाट पनि कार्वाही गर्नुहोस ।’
राम्रो काम गर्ने निर्माण कम्पनीलाई सरकारले सम्मान गर्दछ तर ढिालसुस्ती गर्ने, गुणस्तरीय काम नगर्नेलाई अब सरकार कडा भएर प्रस्तुत हुने बताउनु भयो । पौडेलले भन्नु भयो ‘समृद्ध नेपाल बनाउने अभिभारा सरकारको मात्र होइन सबैको भूमिका हुने गर्दछ । हामी नेपाललाई समृद्ध बनाउने योजनामा छौ तपाइ निर्माण क्षेत्रमा लागेकाहरुले साथ दिनु भयो भने सम्भव छ ।’
प्रदेश भित्रका केही ठुला आयोजनाहरु दुइ वर्ष भित्र निर्माण सम्पन्न हुने चरणमा रहेकाले विकासको अनुभुती राम्रोसंग देख्न पाइने बताउनु भयो । मुख्यमन्त्री पौडेलले भन्नु भयो ‘हामी विकासको काममा लागीराखेका छौ परिणाम आउन समय लाग्दछ अब दुइ वर्षभित्र त्यो परिणाम देख्न पाउनेछौ ।’
कार्यक्रममा उहाले अब हामी परनिर्भरतामा होइन आत्मनिर्भरतामा जानु जरुरी भएको बताउनु भयो । अवको लगानी उत्पादन क्षेत्रमा गर्नको लागि निर्माण व्यवसायीलाई अनुरोध गर्नु भयो । नेपालमा उत्पादित कृषि सामग्री विदेश निर्यात गर्ने, स्वदेशमा बजारको व्यवस्था गर्ने, यहाँ नभए विदेशमा समेत लैजाने काम प्रदेश सरकारले गर्ने बताउनु भयो । तपाइहरु तरकारी उत्पादन गर्नुहोस हामी बजारको व्यवस्था गर्छौ पौडेलले भन्नु भयो ।
निर्माण व्यवसायी संघका अध्यक्ष हरि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश मन्त्री दावादोर्जे लामा, प्रदेश सांसदहरु, भरतपुर माहानगरपालिका प्रमुख रेनु दाहाल लगायतको सहभागीता रहेको थियो ।


