केशव पौडेल
चितवन २४ भदौ । विद्युत सामग्रीको उत्पादन कम्पनी प्लाष्टो टेक नेपाल ट्रेडिङ प्रा.लिले बजारमा ल्याएको नयाँ सामग्रीको बारेमा जानकारी गराएको छ ।
कम्पनीले चितवन जिल्लामा विद्युतीय सामग्री विक्री वितरण गर्दै आएका विक्रेताहरुलाई भेला पारेर आफ्नो सामग्रीको बारेमा जानकारी गराएको हो । कम्पनीले आकर्षक र गुणस्तरीय टुपिन, थ्रिपिन टप, सिलिङ रोज, पेण्टेन्ट, मल्टी पेण्टेन्ट, गोल्ड रिङ एङगल, बटन होल्डर, डीपी स्वीच लगायतको सामग्री बजारमा ल्याएको कम्पनीका अध्यक्ष कृष्ण ओलीले जानकारी दिनु भयो ।
विद्युत व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष तेजनारायण खरेलको विशेष आतिथ्यता रहेको थियो । विद्युतीय सामग्री उत्पादन गर्ने धेरै कम्पनी मध्य एउटा विश्वासिलो र गुणस्तरीय सामग्री निकाल्न आफ्नो सस्था सक्षम भएको सञ्चालक राजेन्द्र ओलीले दावी गर्नु भयो । कार्यक्रममा कम्पनीले उत्पादन गरेकोे सामग्रीलाई उपभोक्ताले मन पराएको विक्रेताहरुले जानकारी दिएका छन् । बजारमा आधुनिक सामग्री आएकाले आगामी दिनमा त्यही अनुसारका सामग्री उत्पादन गर्न, उपभोक्ताले खरिद गर्न सक्ने गरी मुल्य राख्न समेत विक्रेताले कम्पनीलाई सुझाव दिएका थिए । कार्यक्रममा सुमनकुमार श्रेष्ठले सहभागीहरुलाई धन्यवाद मन्तव्य राख्नु भएको थियो ।
कम्पनीले अहिलेको बजार माग अनुसार लिड लाइट, बल्बलगायत सजावटका विद्युतीय सामग्रीको उत्पादन गर्दै आएकाले उपभोक्ताले निर्धक्कसंग प्रयोग गर्न सक्ने जनाएको छ ।


