चितवन । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा चितवनको ३३औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनले रामचन्द्र आचार्यलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । शुक्रबार भरतपुरमा सम्पन्न भएको अधिवेशनले आचार्यको अध्यक्षतामा नयाँ १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा रामकुमार श्रेष्ठ, सचिवमा किशोर खनाल, उप–सचिवमा बिमला भट्टराई र कोषाध्यक्षमा रशु थकाली चयन भएका छन्। सदस्यहरूमा कमलराज खनाल, लेखनाथ पोख्रेल, पद्मा श्रेष्ठ, मोहन पोख्रेल, मञ्जु सापकोटा, रुपा खत्री थापा र जमुना परियार
रहेका छन्। अधिवेशन उद्घाटन सत्रमा पार्वती घिमिरे दवाडीको अध्यक्षता रहेको थियो । प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायण प्रसाद अधिकारी सहभागी हुनु भयो। कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल केन्द्रीय समितिबाट महासचिव देवी खड्का, उपमहासचिव द्वय किरण थापा र भवराज रेग्मी तथा बागमती प्रदेश इञ्चार्ज पहलमान श्रेष्ठले मन्तव्इ राख्नु भएको थियो । कार्यक्रममा ूनागरिक समाजका एजेन्डाहरूू विषयमा अधिवक्ता मदन थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन पूर्व अध्यक्ष खगराज ओझाको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा पूर्व अध्यक्ष एवम् केन्द्रीय सदस्य केशवप्रसाद रेग्मी र खैरहनी नगरपालिकाकी पूर्व उपमेयर सुनिता थपलिया सदस्य रहनुभएको थियो। समारोहमा गैससका गतिविधिमा विशेष योगदान पुर्याएका सचिव किशोर खनाल र कोषाध्यक्ष रशु थकालीलाई सम्मान गरिएको थियो। त्यस्तै, संस्थामा दीर्घकालीन संलग्नता र सक्रिय नेतृत्व प्रदान गर्दै आएका पूर्व अध्यक्षद्वय केशवप्रसाद रेग्मी र खगराज ओझालाई पनि सम्मान गरिएको थियो।
नवनिर्वाचित अध्यक्ष रामचन्द्र आचार्यले कार्यकालभर सबैलाई समेटेर अघि बढ्ने, साझा नेतृत्वमा महासंघलाई थप सक्षम, उत्तरदायी र प्रभावशाली बनाउने प्रतिबद्धता जनाउनुभयो।
गैसस महासंघको पृष्ठभूमि
गैरसरकारी संस्था महासंघ नेपाल सन् १९९१ मा चितवनमा स्थापना भएको राष्ट्रिय स्तरको छाता संगठन हो, जसले नेपालभरका हजारौं लाई एकजुट गर्दै सामाजिक न्याय, मानव अधिकार, सुशासन, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, तथा महिला तथा युवा सशक्तिकरणजस्ता क्षेत्रमा सक्रिय रूपमा भूमिका निर्वाह गर्दै आएको छ। काठमाडौं स्थित केन्द्रीय कार्यालय मार्फत संचालित यस महासंघसँग हाल ७,००० भन्दा बढी सदस्य संस्था आबद्ध छन्।