भरतपुर, ३ असोज । लायन्स क्लब अफ नारायणगढ दियालोको रजत वर्षको सुअवसरमा एक मानवीय सेवामूलक भोजन कार्यक्रम सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर, नेपालअन्तर्गत Cluster 4, Region 16 र Zone 33 मा आबद्ध यस क्लबले आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै उक्त कार्यक्रम आयोजना गरेको हो।
क्लबका अनुसार, यस क्लबकी सक्रिय सदस्य लायन गंगाकुमारी तिमिल्सिनाका छोरा आर्सन बिक्रम सिंहको १८औँ जन्मोत्सवको शुभ अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो। भरतपुर महानगरपालिका वडा नम्बर १, देवघाटस्थित गार्गी कन्या गुरुकुलमा आयोजित उक्त भोजन सेवा कार्यक्रम (Hunger Relief Program) मा आश्रमका विद्यार्थीहरूलाई भोजन गराइएको थियो।
मानवीय सेवामा २५औँ वर्ष (रजत वर्ष) पार गरेको लायन्स क्लब अफ नारायणगढ दियालो (Club ID: 066412) ले विगतदेखि नै यस्ता विभिन्न सामाजिक र कल्याणकारी कार्यहरू गर्दै आएको छ। व्यक्तिगत खुसी तथा जन्मोत्सवजგत उत्सवहरूलाई सामाजिक सेवामा रूपान्तरण गर्ने यस प्रकारका कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र परोपकारी भावनाको विकास हुने विश्वास क्लबले लिएको छ।


