सप्तगण्डकी क्याम्पसका १० विद्यार्थीलाई हेल्पिङ ह्यान्ड्सको छात्रवृत्ति

 

भरतपुर । हेल्पिङ ह्यान्ड्स संस्थाको आर्थिक सहयोगमा सप्तगण्डकी बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ।

फाइनान्सियल सपोर्ट कार्यक्रमअन्तर्गत क्याम्पसमा आयोजित कार्यक्रममा हेल्पिङ ह्यान्ड्सका प्रतिनिधि ताराप्रसाद अधिकारी र सप्तगण्डकी बहुमुखी क्याम्पस व्यवस्थापन विभागका सदस्य प्राध्यापक शोभाखर अधिकारीले संयुक्त रूपमा छात्रवृत्ति प्रदान गर्नुभएको हो।

कार्यक्रममा १० जना विद्यार्थीलाई जनही रु. १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको थियो। आर्थिक अवस्थाका कारण अध्ययनमा आउने चुनौतीलाई केही हदसम्म सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको जनाइएको छ।

कार्यक्रममा हेल्पिङ ह्यान्ड्सका तर्फबाट मन्तव्य व्यक्त गर्दै ताराप्रसाद अधिकारीले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग पु¥याउने गरी आर्थिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, क्याम्पसका तर्फबाट शोभाखर अधिकारीले हेल्पिङ ह्यान्ड्स तथा सम्पूर्ण टोलीप्रति धन्यवाद व्यक्त गर्दै यस्तो सहयोगले विद्यार्थीहरूमा थप हौसला र प्रेरणा बढाउने विश्वास व्यक्त गर्नुभयो।

छात्रवृत्ति प्राप्त विद्यार्थीहरूले आर्थिक सहयोगले आफ्नो अध्ययनलाई निरन्तरता दिन थप उत्साह मिलेको बताएका छन्।

शेयर गरौ

ताजा अपडेट