भारतीय गोताखोरसहितको प्राविधिक टोलीले त्रिशूली नदीमा …..यस्तो भेटे

 

चितवन । मुग्लिन नारायणगढ सडकखण्डको सिमलताबाट त्रिशूली नदीमा हराएको दुइवटा वस र यात्रु खोज्न आएको भारतीय गोताखोर व्यस्त छन् । भारतले दक्ष टोली नेपाल पठाएको भनिएको छ । काठमाण्डौबाट रौतहटको गौर जान र वीरगञ्जबाट काठमाण्डौ जादै गरेको बस पहिरोले सोहोरेर त्रिशूलीमा असार २८ गते खसालेको थियो । नेपाली सेना र सशस्त्र प्रहरीले खोजी गर्दा नभेटेपछि नेपाल सरकारको अनुरोधमा भारतीय टोलीले खोज्न थालेको थियो । शनिबार खादा माला लगाएर जिल्लाका सुरक्षा निकायले विदा गरेका थिए ।
भारतको समुन्द्रमा र सुस्त गतीमा वहने नदीमा खोजी कार्य गरेको गोताखोरलाई त्रिशूली नदीको अवस्था वुझनै समय लाग्यो । शनिबार अध्ययन गरेर आइतबार खोजी कार्य गर्न थालेको टोलीले दुर्घटना स्थलबाट ३ किलोमिटर भन्दा टाढा खोज्न सकेनन् । जोसखम भएपछि डराएर देवघाट क्षेत्रबाट खोज्न थाले । भारतीय टोलीका एक सदस्यले भने यो नदीको वहाव र तिब्र वेगले गर्दा हामीलाई समस्या भयो । हामीले ल्याएको उच्च प्रविधिनै जोखिममा परेको छ । जवरजस्ती हामी काम गर्न सक्दैनौ । धमिलो पानी छ कसरी काम गर्ने उनले भने यस्तो जोखिम नदी हामीले देखोका थिएनौ । यती धेरै करेन्ट भएको नदी यही भेटियो । भोलि सोमबार हामी कम तिब्रता भएको स्थान नारायणगढबाट दक्षिण तर्फ खोज्न थाल्ने छौ । सिमलतालबाट तल पहाडको स्थानमा खोज्न समस्या भयो । यहाँका सुरक्षाकर्मीको सहयोग विना हामीले खोल्न सक्दैनौ । नेपालको अलग्गै भौगोलिक अवस्था, फरक प्रकारको नदीको वहाव भएकाले अन्य देशका गोताखोर र प्रविधिले काम गर्न नसक्ने यहाँका सुरक्षाकर्मीले बताएका छन् ।

 

शेयर गरौ

ताजा अपडेट