उत्पादनलाई वृद्धि गर्न उद्योगमा लगानी आवश्यक छ : मन्त्री भण्डारी

चितवन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादनलाई वृद्धि गर्ने उद्योग सञ्चालनमा ल्याएर आयातलाई घटाउने तयारी भएका बताउनु भएको छ ।
भरतपुरमा आयोजना भएको पाँच दिने औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेलाको शुक्रबार उद्घाटन गर्दै मन्त्री भण्डारीले आयातलाई निरुत्साहित नगरेसम्म देशको अर्थतन्त्रमा सुधार आउन नसक्ने भएकाले सरकारको योजना उत्पादन वृद्धि गर्ने रहेको बताउनुभयो ।
पुजीगत खर्च अझैपनि हुन सकेको छैन । ४२ प्रतिशत मात्र पुजीगत खर्च हुनु भनेको राम्रो होइन । हामीले पुजीगत खर्च गर्न सक्दैनौ भने कसरी उत्पादन वृद्धि गर्न सक्छौ मन्त्री भण्डारीले भन्नुभयो । अव हामी पुजीगत खर्च वृद्धि गरेर उत्पादनलाई वढाउछौ । उत्पादन वृद्धि हुनासाथ आर्थतन्त्रमा सकरात्मक असरहरु देखा पर्दछ । कृषिमा अनुदान दिएको छ तर सोचे अनुसारको उत्पादन वृद्धि हुन सकेको छैन । कहाँ कमजोरी भएको छ त्यसलाई पत्ता लगाएर कृषिमा उतपदन वृद्धि गर्ने, उद्योगका उत्पादनलाई वृद्धि गर्ने र आयात कमी गर्दै यहाँको उत्पादनलाई विदेश निर्यात गर्ने योजना सरकारको रहेको उहाले बतानुभयो ।
विकासका लागि वाधक भएका कानुनलाई अध्याधेस मार्फत संसोधन गर्ने तयारी रहेको छ । कतिपय कानुनको अभावमा सरकारलाई काम गर्न जटिलता भएको छ त्यसैले कानुनलाई संसोधन गरेर काम गर्ने तयारी रहेको मन्त्री भण्डारीले बताउनुभयो । उहाले भन्नुभयो ‘स्वदेसी उत्पादन प्रयोग नीति सरकारले छिटो ल्याउने छ यसले गर्दा नेपाली उत्पादनको खपत यही हुने छ र उद्योगलाई टेवा पुग्नेछ ।
सरकारले अयोजना गर्न लागेको लगानी सम्मेलनबाट अर्थतन्त्रमा राम्रो प्रभाव पर्ने बताउनुभयो । सम्मेलनको पहिलो प्राथमिकता नेपालीलाई लगानी गर्नको लागि वातावरण बनाउने हो । त्यसपछि विदेशी लगानी कर्तालाई नेपालमा लगानी गर्नको लागि प्रोत्साहन गर्नु रहेको छ ।
उद्यमशीलताको विकास गरेर रोजगारीका अवसरहरु सिर्जना गर्ने योजनामा सरकारले आउदो बजेटमा समेट्ने बताउनुभयो । नेपालमा नै रोजगारी मात्र नभएर उत्पादन वृद्धि गरी निर्यातको वातावरण बनाउने तयारीमा रहेको बताउनुभयो ।
कार्यक्रममा उहाले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँढै नयाँ नीति ल्याउने तयारी रहेको बताउनुभयो । विभिन्न समयमा बन्द भएका र रुग्ण उद्योग सञ्चालन कसरी गर्न सकिन्छ भने विषयमा छलफल गरी नीति ल्याइने तयारी रहेको छ ।
मन्त्री भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट प्रत्येक प्रदेशमा कम्तीमा पनि एउटा औद्योगिक क्षेत्र बिस्तारको कार्यक्रम ल्याइने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायीले निराश हुनुपर्ने स्थिती आउन नदिन सरकार लागिपरेको छ, हामी अहिले देखिएको निराशालाई आशामा बदल्छौँ ।” अहिले सरकार मुख्यतः लगानी सम्मेलनमा केन्द्रित रहेको उल्लेख गर्दै भण्डारीले उद्योगी व्यवसायीले महसुस गर्ने गरी आगामी नीति तथा कार्यक्रम र बजेट ल्याइने बताउनुभयो ।
तीन तहका सरकारबीच नीतिगत समस्याले पनि आर्थिक गतिविधि बढ्न नसकेको उहाले बताउनुभयो । सबै यस्ता समस्या अन्त्य गरेर अगाडि बढ्ने सरकारको तयारी रहेको छ । मन्त्री भण्डारीले विगतका दुई लगानी सम्मेलनको अनुभवलाई आत्मसात गर्दै सरकार अहिलेको सम्मेलनलाई अझ सफल बनाउन लागिपरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा वागमती प्रदेश सरकारका अर्थमन्त्री जगन्नाथ थपलियाले शत्तिखोरमा निर्माण गर्ने भनिएको औद्योगिक क्षेत्रको काम अगाडि बढाउनु पर्ने बताउनुभयो । प्रदेश सरकारले औद्योगिक क्षेत्र निर्माणमा भएका जटिलता हटाएर छिटो निर्माणको काम अगाडि वढाउने तयारी गरेको बताउनुभयो । कार्यक्रममा सहभागीले सानादेखि ठुला उद्योगलाई प्रवद्र्धन गर्ने गरी सरकारले सहयोग गर्नु पर्नेमा जोड दिइएको थियो । पाँच दिनसम्म चल्ने प्रदर्शनीले सर्वसुलभ रुपमा गुणस्तरीय सामग्री पाउनुको साथै अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्नेमा जाृेड दिएको छ ।

ताजा अपडेट