अबको ५० वर्षको मागलाइ धान्नेगरी नेपालका १० सहरमा विशेष विधुत कार्यक्रम ल्याउने : घिसिङ

 

चितवन , ३  असार  । नेपाल बिधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले आउदो ५० वर्षको मागलाइ धान्ने गरि १० वटा सहरमा विशेष कार्यक्रम ल्याउने तयारी भैराखेको बताउनु भएको छ ।
समृद्ध भरतपुर महानगर सम्बन्धी कार्यक्रममा शुक्रवार सम्बोधन गर्दै उहाले नेपालका मुख्य सहरको मागलाइ पूरा गर्ने गरि विधुतको कार्यक्रम ल्याउने बताउनु भयो । उहाले मास्टर प्लान बनाएर योजना निर्माणको चरणमा रहेका छौ, अहिले मागले सहरलाइ धान्दैन त्यसैले सहर केन्द्रीत बिधुत सेवा दिने छौ ।
पश्चिम क्षेत्रको बिधुत मागलाइ पूरा गर्न नवलपरासीको धौबादी क्षेत्रमा २२० केभी को सब स्टेसन निर्माण गर्ने, भरतपुरको मागलाइ पश्चिम चितवनको मेघौलीमा सब स्टेसन निर्माण गर्ने तयारी रहेको जानकारी दिनु भयो ।
भरतपुर र पोखराको सहरमा छिटै भुमिगत बिधुत प्रसारण गर्ने तयारी रहेको बताउनु भयो । देशका विभिन्न सहरमा हाइमास्क बिधुत बत्ती जडान गर्ने कार्यलाई बिस्तार गर्ने, भरतपुरमा एकै पटक ६ वट बस चार्ज गर्न मिल्ने बिधुतिय चार्जिङ स्टेसन निर्माण गर्ने कार्यलाइ छिटो सम्पन्न गर्ने जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट