भरतपुरको विकासका योजनालाई बजेटले ग¥यो सम्वोधन : महानगरद्वारा स्वागत

चितवन १५ जेठ । सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७७÷७८ को बजेटलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ ।
महानगरपालिकाले अगाडि सारेको योजनालाई बजेटले समेटेको भन्दै महानगरपालिका प्रमुख रेनु दाहालले स्वागत गर्नु भएको हो । उहाले बजेटका विषयमा सामाजिक सञ्जालमा प्रतिकृया दिदै महानगरपालिले विगतमा दिनमा विकासको योजनामा राखेका कामलाई बजेटले समेटेको भन्दै बधाइ दिनु भएको छ ।
भरतपुर विमान स्थलको धावन मार्ग वढाउने योजना बनाएकोमा त्यसलाई सरकारले समेटेर प्रादेशिक विमान स्थल बनाउने घोषणा गरेको छ । जसलाई बजेटमा पारेको अर्थमन्त्रीले जानकारी गराउनु भएको थियो । त्यस्तै गरी भरतपुर सिटी हलको निरन्तरता, भरतपुरमा विद्युतको तारलाई भूमिगत गर्नको लागि पहिलानै डिपिआर निर्माण गरेकोमा अहिलेको बजेटले समेटेको छ । भरतपुर अस्पतालाई विशेषज्ञसहितको केन्द्रीय अस्पताल, क्रिकेट रंगशाला, महत्वपूर्ण सडकहरु लगायतको विकासका योजनामा बजेटले समेटेको भन्दै प्रमुख दाहालले स्वागत गर्नु भएको हो ।

शेयर गरौ

ताजा अपडेट