लकडाउनका बिच भरतपुर महानगरमा २५ किलोमिटर नयाँ कालोपत्रे

चितवन ७ जेठ । लकडाउनका बिच भरतपुर महानगरपालिका भित्र २५ किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ ।
चालु आर्थिक वर्षमा निर्माण हुनु पर्ने एकसय किलोमिटर मध्य लकडाउन भएपछि मात्रै २५ किलोमिटर नयाँ कालोपत्रे भएको हो । भरतपुर महानगरपालिकाका सिनियर डिभिजन इन्जिनियर रत्न लामिछानेका अनुसार बन्दाबन्दी (लकडाउन) भएपछि काम भएर कालोपत्रेको तयारीको अवस्थामा २५ किलोमिटर सडक छन् । ति महानगरको विभिन्न वडाहरुमा निर्माण भइराखेको छ ।
निर्माण पूरा भएर अस्फाल विछ्याउन मात्र बाँकी रहेको सडक धेरै रहेको कार्यालयले जनाएको छ । यस बिचमा आठ किलोमिटर सडक कालोपत्रे भएर सवारी साधन सञ्चालन भइसकेका छन् । अबको एक हप्तामा थप १२ किलोमिटर बाटो कालोपत्रे हुदैछ । आर्थिक वर्षको तेस्रो चौमासिकबाट विकास निर्माणले गति लिने भएकाले यही समयमा बन्दाबन्दी भएपछि निर्माणको कार्यलाई वाधा परेको इन्जिनियर लामिछानेले जानकारी दिनु भयो ।
चालु आर्थिक वर्षको असार मसान्तसम्म एकसय किलोमिटर नयाँ कालोपत्रे गर्ने लक्ष्य महानगरपालिकाको छ । लक्ष्य अनुसार पूरा हुने अवस्था छै उहाले भन्नु भयो हामी लक्ष्यको ६० प्रतिशत काम गर्न सक्नेछौ । बन्दाबन्दी नभएको अवस्थामा पनि लक्ष्यको पाँच प्रतिशत काम हुने थिएन । अहिले रोगको महामारीले गर्दा ३५ प्रतिशत वृद्धि हुन सक्ने अनुमान गरेका छौ उहाले भन्नु भयो । लामिछानेका अनुसार महानगरको वडा नंं ११, ९, १० लगायतको विभिन्न स्थानमा महानगरपालिकाको बजेट मार्फत सडक निर्माण भएका छन् ।
महानगरपालिका प्रमुख रेनु दाहालले भन्नु भयो लकडाउन नभएको भए हामीले लिएको लक्ष्य पूरा गर्ने थियौ । लकडाउनका बिच पनि विकास निर्माणको कामलाई नरोकी अगाडि वढाएकाले सडक कालोपत्रे गर्न सफल भएका छौ उहाले भन्नु भयो । आर्थिक वर्षको अन्त्यसम्ममा विकासको काम अझ धेरै हुनेमा विश्वास लिएको छु ।
बन्दाबन्दीको कारण काममा आउने जनशक्तिको अभाव, निर्माण सामग्री सहज तरिकाले ल्याउन नसक्नु, मुल्य वृद्धिले गर्दा केही जटिलता आएको उहाले बताउनु भयो । जटिलता बिच पनि कामलाई नरोकी अगाडि वढाएको प्रमुख दाहालले जानकारी दिनु भयो ।
महानगरपलिकाका सिनियर डिभिजन इन्जिनियर लामिछानेका अनुसार दुई किलोमिटर ढल यही लकडाउनमा भएका छन् । निर्माणको विवरण आउदै गरेकाले केही समयपछि थप निर्माण हुने उहाले बताउनु भयो । विशेष कारणले गर्दा भर्खरै पनि नयाँ सम्झौता भएर काम भइराखेको छ । महानगरपलिका भरीको नयाँ निर्माणको विवरण आउने क्रम रहेकाले थप कालोपत्रे हुन सक्ने उहाले बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट