संगीता बानिया थापा
चितवन ३० वैशाख । चितवनको निर्वाचन क्षेत्र नं. १ का सांसद सुरेन्द्रप्रसाद पाण्डेको पहलमा तीन वटा नगरपालिकामा खाद्यान्न सहयोग गर्नु भएको छ ।
बन्दाबन्दीको कारण समस्यामा परेकाहरुलाई सहयोग गर्नको लागि पूर्वी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिकामा खाद्यान्न सहयोग गर्नु भएको हो । लकडाउनको कारण काममा जान नसकेका, मजदुर तथा विपन्न वर्गलाई वितरण गर्नको लागि सुनसरी दुहवीका सुमन भट्टराइले सहयोग गर्नु भएको खाद्यान्न सांसद पाण्डे मार्फत नगरपालिकामा आएको थियो ।
प्रति नगरपालिका ४० क्वीन्टलका दरले चामल सहयोग गर्नु भएको थियो । पूर्व अर्थमन्त्री समेत रहनु भएका पाण्डेले उलपब्ध गराउनु भएको चामल नगरपालिकालाई दिएको नेकपा जिल्ला कमिटी सदस्य केशव कडेलले जानकारी दिनु भयो ।
नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने, पूर्व नगर अध्यक्ष बद्री घिमिरे, जिल्ला सदस्य केशव कडेंल, जीवन लाल श्रेष्ठ लगायतले नगरपाालिकालाइ सामग्री हस्तान्तरण गर्नु भएको थियो । नेता पाण्डेले यस अगाडि दुइ पटक खाद्यान्न सहयोग गरिसक्नु भएको छ ।


