चितवन २९ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अनलाइनबाट आज विद्यार्थीलाई पढाउने भएका छन्।
उहाले भरतपुरको बोस्टन इन्टरनेशनल कलेजका विद्यार्थीलाई अतिथि लेक्चररुका रूपमा पाढउन लाग्नु भएको हो । लकडाउन कारण कलेजले विद्यार्थीलाई अनलाइनमार्फत् पढाउँदै आइरहेको छ। आज दिउँसो २ देखि ३ बजेसम्म पाण्डेले व्यवस्थापन संकायतर्फका स्नातकोत्तर (एमबिए) का विद्यार्थीलाई सम्बोधन गर्ने कलेजका कार्यकारी निर्देशक राजु तामाङले जानकारी दिनु भयो ।
लकडाउनकै बीचमा पनि प्रविधिमार्फत् जोडिएर विद्यार्थीको अध्यापनलाई नियमित बनाएको उहाको भनाइ छ।
कोरोना भाइरस (कोभिड १९) ले ल्याउने आर्थिक संकट तथा नेपालमा वित्तीय र बजेट नीति कार्यान्वयनका जटिलताका सम्बन्धमा नेता पाण्डेले विद्यार्थीलाई प्रशिक्षित गर्ने उहाले बताउनु भयो । पाण्डेको कक्षामा रूचि भएका अरू विद्यार्थी पनि सहभागी हुन सक्ने व्यवस्था मिलाएको तामाङले जानकारी दिनु भयो।
अतिथि प्राध्यापकको रुपमा पढाउन लाग्नु भएका नेता पाण्डेले भन्नु भयो अहिलेको बन्दाबन्दीको कारण नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पर्दछ र यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयनै आजको प्रस्तुती रहने बताउनु भयो । अहिलेको अवस्था हामीले सोचेका थिएनौ यस्तो बेला सरकारले के गर्नु पर्दछ, समाधान कसरी खोज्ने भन्ने कुरापनि अध्यापनमा रहने उहाले बताउनु भयो ।
पाण्डे नेकपाका स्थायी कमिटी सदस्य हुनुहुन्छ । चितवनको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित पाण्डे अर्थ राजनीति र विकास नीतिका बारेमा नियमित लेख्दै आउनु भएको छ । एक पटक मात्र अर्थमन्त्री हुनु भएका पाण्डे नेपालको अर्थतन्त्रको विषयमा गहन तरिकाले प्रस्तुत गर्ने नेताका रुपमा परिचित हुनुहुन्छ ।