प्रभात सहकारीले ग¥यो आशिंक सेवा सञ्चालन

चितवन २७ चैैैत । प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुको समस्यालाई मध्यनजर गर्दै आफ्नो सेवा सञ्चालनमा ल्याएको छ ।
सरकारले देशभर लकडाउन गरेसंगै सेवा वन्द गरेको संस्थाले सदस्यहरुको माग अनुसार बिहान ११ बजेबाट दिउसो १ बजेसम्म सेवा सञ्चालन गरेको अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले जानकारी दिनु भयो । कार्यालय पूर्ण समय सञ्चालन नभए पनि शेयर सदस्यहरुको समस्यालाई मध्यनजर गरेर तोकिएको समयसम्म सेवा सञ्चालन गरिएको बताउनु भयो ।
त्यसैगरी सहकारीले चैत्र मसान्तमा व्याज बुझाउने सदस्यहरुलाई व्याजको १२ प्रतिशत छुट दिने भएको छ । सरकारले बैंकहरुलाई छुट दिन भनेपछि सहकारीले पनि सोही अनुसारको छुट दिने भएको संस्थाकी सचिव साधना पोख्रेलले बताउनु भयो । सचिव पोख्रेलले लकडाउनको अवस्थामा किस्ता र व्याज तिर्न दवाव नदिईने तर ब्याज तिर्नेलाई १२ प्रतिशत छुट दिने निर्णय गरिएको बताउनुभयो ।
यस सहकारीले आफ्ना सदस्यहरुको हितलाई ध्यानमा राखी १६ प्रकारका बचत र ७ प्रकारका ऋणहरु उपलब्ध गराउदै आएको छ । हाल ऋणको सिमा २५ लाखसम्म उपलब्ध गराएको छ । यस सहकारीको मुख्य कार्यालय भरतपुर १२ मालपोत चोक अगाडि रहेको छ भने शरदपुर, लक्ष्मीपुर र कालिका नगरपालिकाको शक्तिखोरमा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ ।

शेयर गरौ

ताजा अपडेट