कोरोनाका त्रास भएपनि ढुवानी सेवा सञ्चालन गर्न आग्रह

काठमाडौँ, १० चैत । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले ढुवानी सेवालाई निर्वाधरुपमा सञ्चालन गर्न सम्पूर्ण व्यवसायीलाई आग्रह गरेको छ । महासङ्घले आइतबार एक विज्ञप्ति जारी गरी ढुवानी सेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले यसलाई निर्वाधरुपमा सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको हो । गत शुक्रबार सरकारले आइतबारदेखि अत्यावश्यकबाहेक अरु सेवा सञ्चालनमा रोक लगाउने घोषणा गरेको थियो ।
महासङ्घका महासचिव राजेन्द्रविक्रम बानियाँले कोभिड–१९ ९कोरोना भाइरस० को सम्भावित जोखिम विरुद्ध एकजुट हुँदै महासङ्घले आफ्नो तवरबाट सरकारलाई साथ र सहयोग गर्ने बताउनुभयो ।
“ढुवानी व्यवसाय पनि अत्यावश्यक सेवा हो, यसलाई निर्वाध ढङ्गले सञ्चालन गर्न व्यवसायीलाई आग्रह गर्दछौँ”, उहाँले भन्नुभयो । महासङ्घले आफ्नो संस्थामा आबद्ध करिव ६५ हजार व्यवसायीलाई आपूर्ति व्यवस्थालाई सहज पार्नका लागि सबैसँग अनुरोधसमेत गरेको छ ।
राजधानीलगायत देशका हरेक क्षेत्रमा ढुवानी सहज बनाई आवश्यक साथ र सहयोग गर्न महासङ्घ तल्लीन रहेको महासङ्घले जनाएको छ । रासस
–––

ताजा अपडेट