अपराधीको पहिचान र अनुसन्धान कार्य हुदैछ : प्रजिअ घिमिरे

"मोनिका सुनचाँदी पसल चोरी प्रकरण झन् रहस्यमय बन्दै, प्रशासनको प्रगति शुन्य भएको व्यवसायी आरोप"

 

अमिर रामदाम,
गैडाकोट, ७ चैत । पूर्वी नवलपरासीको व्यस्त बजार गैडाकोट ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट ७० तोला सुन र सात लाख नगद रुपैयाँ लकर सेफ सहित चोरी भएको आज २० दिन हुदाँ पनि अपराधीलाई पहिचान गर्न नसक्दा पसलका सञ्चालक उमेश गहतराज अहिले पीडामा रहेका छन् । “विहानी झिसमिसेमा चोरी भएको भएता पनि बिहान पसल खोल्न जादाँ मात्रै चोरी भएको आफूले थाहा पाएको” सञ्चालक गहतराजले बताएका छन् । उनले “जताततै हारगुहार गर्दा पनि केहि उपलब्धी नभएको” गुनासो गरेका छन् ।
“यहि फागुन १८ गते विहान ३ बजेको समयमा मेरो पसलबाट सुन र नगद चोरी भएको थियो तर आजका मिति सम्म मलाई कुनै पनि सामाजिक संघसंस्था, निकायबाट केहि पनि सहयोग र सहानुभूति नभएको” पीडित व्यवसायी गहतराज बताउँछन् । “सिसिटिभी फुटेजमा ३ जना युवाहरु मिलेर माक्सको प्रयोग गरी चोरी गरेको देखिएको, पछि नारायणी किनारमा फेला परेको ठेला साथै फोडिएको अवस्थामा पाइएको लकर सेफका आधारमा खोजी अनुसन्धानलाई तिब्र बनाइएको” इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरिक्षक चन्द्र बहादुर थापाले बताएका छन् । “चोर पहिचान गरी कडा भन्दा कडा कारवाही गर्छौ” उनले भने प्रचलित कानून अनुसार अपराध र अनुसन्धानमा हुने विधि साथै त्यसमा प्रयोग हुने सामाग्री सबै परिचालन गरेर अनुसन्धान गरिरहेको बताए । प्रहरी निरिक्षक थापाले भने “हामी अनुसन्धानको प्रगतिमा छौ, पीडितलाई न्याय र चोरलाई कारवाही गरेरै छाड्छौ ।”
“आसवासन दिएर मात्रै हुदैँन्, तिब्र रुपमा चोरलाई पहिचान गरी छिटो भन्दा छिटो पीडित व्यवसायी गहतराजलाई उचित न्याय दिलाउनु पर्ने” गैडाकोट सुनचाँदी व्यवसायी संघका अध्यक्ष लक्ष्मण सेन्चुरीले बताएका छन् । आज सम्म चोर सार्वजनिक नहुनु भनेको प्रशासनको प्रगतिमा शुन्य उपलब्धी भएको संघका अध्यक्ष सेन्चुरीले दुखेसो व्यक्त गरे ।
“प्रहरीले विभिन्न प्रयास गरिरहेको छ, घटनाको अनुसन्धान हुदैँछ, छिटै नतिजा सार्वजनिक हुन्छ” नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले भने “जिल्ला प्रहरी कार्यालय नवलपुरको समन्वयमा अपराध अनुसन्धान शाखा केन्द्रीय कार्यालय काठमाडौंले पनि यस घटनालाई गहिरो रुपमा अनुसन्धान गरिरहेको” बताएका छन् । पसलमा रहेको सिसिटिभि र पुलचोकमा अवस्थीत सिसिटिभि फुटेज, फेला परेका बस्तुहरुको आधारमा अनुसन्धानलाई तिब्र बनाउन स्वयम् आफैले विशेष पहल गरेको प्रजिअ घिमिरेले बताए ।
तर विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक एवम् नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन रसाइली भने आज सम्म चोरी भएको विषयमा केहि प्रगति नभएको देख्दा अब सम्पूर्ण व्यवसायीहरु मिलेर आन्दोलन गर्नु बाहेक अरु विकल्प नरहेको बताएका छन् ।
त्यस्तै बिहिबार विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल एवं विजि एण्ट्स ग्रुप कम्पनि लिमिटेड केन्द्रीय कार्यालय नारायणगढले गैडाकोट सुनचाँदी व्यवसायी संघको कार्यसमिति साथै व्यवसायीहरुको रहोबरमा संघको सचिवालय गैडाकोटमा पीडित व्यवसायी गहतराजलाई नगद रु एक लाख ५ हजार पाँच सय पचपन्न रुपैयाँ हस्तान्तरण गरेको छ ।
उक्त सहयोग प्राप्त गरेपछि पीडित व्यवसायी गहतराजले गहभरी आसुँ बनाई सञ्जाल एवम् कम्पनी प्रति आभार व्यक्त गरेका छन् । त्यस्तै व्यवसायीलाई दुःख पर्दा व्यवसायी कै साथ सहयोगको अपरिहार्य रहने पीडित गहतराजको भनाई छ ।
चोरी भएपश्चात चोरी गर्न प्रयोग गरिएको ठेला, फोडिएको अवस्थामा प्राप्त सेफ लकर प्राप्त भएतापनि प्रहरी प्रशासनले आजसम्म पनि केहि सत्य तथ्य बाहिर ल्याउन सकेको छैन् । आजसम्म नतिजा सार्वजनिक गर्न नसक्नुका कारण प्रहरी प्रशासनमा नै प्रश्न चिन्ह खडा भएको छ ।

शेयर गरौ

ताजा अपडेट