काठमाडौं २४ फागुन । चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वका करिब ८० मुलुकमा पुगेर त्रासदी फैलिएएको छ । नेपाल पनि उच्च जोखिममा रहेको विश्व स्वासथ्य संगठनले जनाईसकेको छ ।
जोखिममा भएसंगै नेपाल सरकारले उच्च सतर्कता अपनाएको छ । मुुलुकको अर्थतन्त्रको मुख्य आर्थिक श्रोत रेमिटयान्स भएपनि अहिले कोरोना भाइरसकै डरले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या धेरै नै घटेको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ७५ प्रतिशतले घटेको बताईएको छ ।
नेपालमा वैदेशिक रोजगारी सुरु भएयता गिरावट आएको यो पहिलोपटक हो। २०७२ मा नेपालमा आएको भूकम्प वा विदेशमा भएका अन्य कुनै पनि घटनाले यति धेरै असर पारेको थिएन। वैदेशिक रोजगार विभागका अनुसार कोरोना भाइरसको त्रास बढ्दै गर्दा विदेशको रोजगारीमा जानेको संख्या घटेको बताए।


