पटिहानीमा खुल्यो दुग्ध उधोग

चितवन १६ फागुन । पश्चिम चितवनको पटिहानीमा रहेको गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाले दुग्धजन्य परिकारहरु उत्पादन गर्ने भएको छ ।

सहकारीले स्थापना गरेको उद्योगबाट प्रशोधित दूध, दही, पनिर, घ्यू र दुग्धजन्य परिकारहरु चैत मसान्तभित्र उत्पादन गरी बिक्री वितरण गर्न लागिएको हो । करिब दुई करोड रुपैयाँ लगानीमा उद्योग स्थापना गर्न लागिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए । उद्योग स्थापनाका लागि सहकारी विभागले ८५ लाख रुपैयाँ अनुदानसमेत दिएको थियो । उत्पादित वस्तुहरु प्याकिङ गरी गंगा ब्राण्डका रुपमा बिक्री गरिने अध्यक्ष सापकोटाले बताए । यस सहकारीमा प्लान्ट मेसिन, दूध ढुवानी साधन बोलेरोसमेत रहेको छ ।

उद्योग स्थापना भएपछि सहकारीले प्रतिलिटर १० रुपैयाँ किसानलाई अनुदान दिन सक्ने अनुमान गरेको छ । अहिले किसानले सरदरमा ५७ रुपैयाँमा खरिद गर्दै आएको छ । पछि ६७ रुपैयाँमा खरिद गर्न सकिने सापकोटाले बताए । उद्योग स्थापनाका लागि सहकारीले आधुनिक नमुना गाई फार्म तथा स्रोत केन्द्र सञ्चालन गरी दैनिक दुई सय देखि ५०० लिटर दुग्ध उत्पादन गर्ने बताएको छ ।

शेयर गरौ

ताजा अपडेट