सांसद पोखरेलको पहलमा निर्वाचन क्षेत्रको सडक निर्माणमा थप १० करोड बजेट

चितवन ४ फागुन । चितवनको निर्वाचन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले आफ्नो क्षेत्रको सडक विकास निर्माणका लागि १० करोड रुपियाँ थप बजेट ल्याउन सफल हुनु भएको छ ।
भर्खरै मात्र विनियोजित बजेटमा सडक पूर्वाधारलाई रकम छुट्याएको सांसद पोखरेलले जानकारी दिनु भयो । पाँच स्थानको ठुला सडकलाई दुइ÷दुइ करोड रुपियाँका दरले बजेट विनियोजन गरिएको हो । सांसद पोखरेलका अनुसार जलवीरे ढुंग्रे पहाडी सडकको लागि थप दुइ करोड रुपियाँ परेको छ । यो सडकको लागि चालु आर्थिक वर्षमा एक करोड रुपियाँ परेकोमा सो रकमले सडक निर्माणको काम पूरा नहुने भएपछि थप बजेट विनियाजन गरिएको हो ।
साविक चण्डिभञ्याङ गाविस केन्द्रसम्म मोटरबाटो नपुगेपछि सांसदको पहल भएको हो । विगत पाँच वर्षदेखि सांसद विकास कोषबाट बजेट विनियोजन हुदा समेत सडक निर्माण पूरा हुन सकेको छैन ।
त्यस्तै गरी भरतपुर महानगरपालिका वडा नं. ११ को बसेनी बजार हुदै लामाटोल जोड्ने सडक आयोजनका लागि दुइ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा एक करोड रुपियाँ बजेट विनियोजना भएकोमा अपुग भएपछि थप दुइ करोड छुट्टाइएको हो ।
त्यस्तै गरी भरतपुर २९ को जुगेडी ताङद्राङ चौकी डाडा सडकको लागि दुइ करोड रुपियाँ बजेथ थप विनियोजन भएको छ । चालु आर्थिक वर्षमा एक करोड रुपियाँ बजेट छुट्टाएर काम भएकोमा अपुग भएपछि थप बजेट पारेको सांसद पोखरेलले जानकारी दिनु भयो । जननेता मदन भण्डारी र जिवराज आश्रीत चढेको जीप दुर्घटना भएको स्थान नजिकैबाट जिल्लाको पुरानो सदरमुकाम जोड्ने सडक भएकाले यसलाई थप प्राथमिकता दिएको पोखरेलले बताउनु भयो ।
त्यस्तै गरी भोर्ले दाहखानी लोथर मकवानपुरसम्म जोड्ने सडक निर्माणको लागि थप दुइकरोड रुपियाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै गरी कालिका नगरपालिकाको शक्तिखोर छेरेवाङ हात्तीवाङ चौकीडाडा भाराङ जोड्ने सडक निर्माणको लागि थप दुइकरोड रुपियाँ बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा एक करोड रुपियाँ छुट्टाइएकोमा अपुग भएपछि थप बजेट ल्याएको हो ।
कानुन न्याय तथा मानवअधिकार समितिका सभापति समेत रहनु भएका पोखरेलले विकास निर्माणको पहिलो आधार नै सडक भएकाले प्राथमिकता दिएको बताउनु भयो । यी स्थानका सडकमा अहिले काम भइराखेको छ ।

ताजा अपडेट