सौराहामा फुड फेष्टिवल : होटल र रेष्टुरेण्टमा छुटैछुट

सौराहा २३ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा १४ औं फुड फेष्टिवलको रौनक सुरु भएको छ ।
माघ २८ गतेदेखि फागुन ३ गते सम्म सञ्चालन हुने फेष्टिवलको व्यवसायीहरु तयारीमा छन । तयारी तीब्र पारिएको छ । रेष्टुरेष्ट एण्ड बार एशोसियशन (रेवान) सौराहाको आयोजनामा सिसुवार चौरमा हुने सो फेष्टिवलको अवसरमा व्यवसायीहरुले पर्यटकका लागि आकर्शक छुटको व्यवस्था मिलाएका छन । पर्यटकका लागि होटलमा ३० प्रतिशत र रेष्टुरेण्टमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिनु भयो ।
साना पर्यटन ब्यवसायमा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ । फेष्टिवललाई भब्य बनाउन स्टल तथा मञ्च निर्माणको काम भइरहेको छ । स्वागत गेट लगायत प्रचार प्रसार र अन्य आन्तरिक तयारी तीब्र रुपमा भइरहेको अध्यक्ष खतिवडाले बताउनु भयो । फेष्टिवलमा स्थानीय जातजाति तथा विदेशी खानाको परिकारसंगै स्थानीय कला, संस्कृति, भेषभुषाको प्रर्दशन गरिने फुड फेष्टिवलका संयोजक धु्रब गिरीले बताउनु भयो । फेष्टिवल अन्तर्गत सौराहाको हात्तीचोकदेखि ड्याकसम्म सडकमै खाने र सडमकै रमाउने व्यवस्था मिलाइने छ ।
सडक किनारमै खाने र सडकका सांस्कृतिक कार्यक्रम अबलोकन गर्ने कार्यक्रम रहेको गिरीले जानकारी दिनु भयो । फेष्टिवल अन्तर्गत मेयरकप भलिवल प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता, वेटर रेस, महिलाहरुको म्युजिकल चेयर, बालबालिकाको बेलुन फुटाइ, डारी तान्ने, अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटक लगायतका कार्यक्रम हुनेछन । प्रेम दिवसको दिन फेष्टिवल प्रवेशका लागि काटिने टिकटबाट संकलन भएको पैसा मध्य ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई दिइने आयोजकले जनाएको छ ।
झण्डै साढे दुई करोडको कारोवार हुने अनुमान गरिएको फुड फेष्टिवलमा २० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संयोजक गिरीले बताउनु भयो । फेष्टिवलको सांस्कृतिक कार्यक्रम अन्तर्गत पशुपति शर्मा, प्रकाश सपूत, सम्झना भण्डारी, दुर्गेश थापा, शान्ती श्री परियार लगायतका कलाकारको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक नविन नेपालले जानकारी दिनु भयो ।

 

शेयर गरौ

ताजा अपडेट