रंगशाला निर्माण गर्न महायज्ञमा ६६ लाख सहयोग

चितवन २० माघ । रंगशाला निर्माण स्थलमा आयोजित महायज्ञमा दुइदिनमा ६६ लाख रकम संकलन भएको छ ।
सहयोग स्वरुप रकम नउठेपछि गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाका लागि महायज्ञ लागाइएको छ । आइतबारबाट लगाइएको यज्ञमा ६६ लाख रुपियाँ संकलन भएको हो । आज मात्रै ६६ लाख ५६ हजार १ सय ५७ रुपैँया संकलन भएको मुल आयोजक समितिका संयोजक बिजय सुबेदीले जानकारी दिनु भयो ।
महोत्सवको दोस्रो दिन आज कलेज अफ मेडिकल साईन्सेसका प्रा.डा.भी.नटराज प्रसादबाट २० लाख रुपियाँ सहयोग प्राप्त भएको संयोजक सुबेदीले जानकारी दिनु भयो । यस्तै भरतपुर २२ निवासी जीवनराज कँडेलले १५ लाख ११ हजार १ सय ११ रुपैँया सहयोग गरेको भएको छ । आज नै मुल आयोजक समितिका महासचिव समेत रहेका भरतपुर १२ निवासी दिनेशकुमार र सन्ध्या लक्ष्मी चुकेको तर्फबाट १० लाख सहयोग प्राप्त भएको छ ।
यस्तै भरतपुरका अरुण श्रेष्ठ, काठमाडौंका चन्द्र खड्की र रविन्द्र कसजुबाट समान ५, ५ लाख प्राप्त भएको छ । एन आर एन जापानबाट तीन लाख, होटल व्यवसायी संघ एवं होटल गंगोत्रीबाट एक लाख ११ हजार एकसय ११, कृष्ण घिमिरेबाट एक लाख दुइ हजार छ सय, भरतपुर ९ का नेत्र प्रसाद गैरेबाट ५१ हजार, भरतपुर ४ का छविलाल ढकालबाट ५० हजार र भरतपुर १५ फुलबारी स्थित सिर्जनशिल आमा समूहबाट ३० हजार तीन सय ३५ प्राप्त भएको छ ।
यस्तै आज भरतपुर २४ धुर्बकी ९४ वर्षीय खिला कुमारी गोदारसँगै अन्य भक्तजनहरुले तुलादान गरेको तुलादान व्यवस्थापन समिति संयोजक शारदा शर्माले जानकारी दिनु भयो ।
५० करोड संकलनको लक्ष्यसहित आयोजित महोत्सवमा वाचन प्रविण दिनबन्धु पोखरेलले कथा बाचन गर्नु भएको छ ।

शेयर गरौ

ताजा अपडेट