निजी क्षेत्रको सहकार्यबाट विकास सम्भव : नगर प्रमुख पौडेल

गैडाकोट ९ माघ । गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले निजी क्षेत्रको सहकार्यबाट मात्रै नगरको विकास हुने बताउनु भएको छ ।
होटल द नारायणी प्रालिको गैडाकोटमा उद्घाटन गर्नु हुदै उहाले विकासको काममा निजी क्षेत्रको योगदान धेरै रहेको बताउनु भयो । उहाले नगरपालिकाको आर्थिक क्षेत्रको सल्लाहकारको रुपमा उद्योग वाणिज्य संघ रहने व्यवस्था भएको कारणले पनि निजी क्षेत्रको महत्व कती छ भन्ने प्रष्ट भएको बताउनु भयो । निजी क्षेत्रले गर्ने भौतिक निर्माण, नगरमा हुने ठृला होटल रेष्टुरेन्ट पर्यटकीय क्षेत्रको विकासमा उहाँहरुको योगदान भएकाले स्थानीय सरकारपनि उहाँहरुसग मिलेर काम गर्न तयार भएको बताउनु भयो ।
पछिल्लो समय निजी क्षेत्रहरुको उत्साहपूर्ण लगानी भइराखेकाले उहाँले गर्ने लगानीको वातावरण सरकारले मिलाइदिने बताउनु भयो । नगरपालिकाले पनि पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणमा काम गरिराखेको जानकारी दिनु भयो । गैडाकोट नगरपालिकाले विकास निर्माणको कामलाई तिब्र रुपमा अगाडि वढाएको बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डाक्टर तिलचन्द्र भट्टराइ, भरतपुर महानगरपालिकाका वडा नंं ३ का अध्यक्ष चन्द्रमित्र पण्डित, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, लायन्सका पूर्व गर्भनर राजकुमार श्रेष्ठलगायतले मन्तव्य राख्नु भएको थियो । होटलका अध्यक्ष प्रभावकर पण्डितको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालक वसन्त पराजुलीले गर्नु भएको थियो । कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई मायाको चिनो वितरण गरिएको थियो ।
पुर्व पश्चिम राजमार्गको गैडाकोटमा रहेको होटल द नारायणीमा विवाह, पार्टी, सेमिनारको लागि उपयुक्त हलहरु रहेको सञ्चालकले बताएका छन् ।

शेयर गरौ

ताजा अपडेट