स्वराज ट्रयाक्टरको सहस्त्र मेला समापन

भरतपुर, ८ माघ :

ओम्नी अटोमोव्बाईल्सको प्रस्तुति स्वराज सहस्त्र मेला २०७६ भव्य कार्यक्रमका बिच भरतपुरको होटल ग्लोवलमा सम्पन्न भएको छ ।

स्वराज कम्पनीका सर्भिस एवम् मार्केटिङ प्रमुख अभयकान्त मिश्रा प्रमुख अतिथि रहेको कार्यक्रममा एपोलो टायरका नेपाल प्रमुख अभिशेक श्रीवास्तव विशेष अतिथि रहनु भएको थियो । कार्यक्रममा ५७ जनाले एकै साथ स्वराज ट्रयाक्टर खरिद गरेका थिए । एकै साथ ट्रयाक्टर खरिद गर्ने ५७ जनालाई साँचो समेत हस्तानान्तरण गरिएको थियो ।

कार्यक्रममा लक्की ड्र समेत गरिएको थियो । लक्की ड्र मार्फत मनोहरीका रमेश कार्कीले गेस्टो स्कुटर जितेका छन् । कार्यक्रममा ट्रयाक्टर किनेका ५७ जनाले ३२ ईन्चको एल ई डी टेलिभिजन समेत प्राप्त गरेका छन् ।

 

कार्यक्रममा ओम्नी अटोमोव्बाईल्स कम्पनीका जेनेरल मेनेजर ईन्द्र कान्त कुमार दास, प्रवन्धक कृष्ण अर्याल, नेपाल ट्रयाक्टर संघका केन्द्रिय सदस्य महादेव शर्मा लगाएतले मन्तव्य राख्नुभएको थियो ।

 

ओम्नी अटोमोव्बाईल्स कम्पनी चितवनका प्रमुख सुवास महर्जनले स्वागत मन्तव्य राखेको कार्यक्रम ओम्नी अटोमोव्बाईल्स कम्पनीमका सञ्चालक एवम् निर्देशक सन्दिप मोहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको अफिसियल मिडिया रेडियो त्रिवेणी १००.६ मेगाहर्ज रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट