चितवन समाचार डटकम,
७ माघ । वाग्मती प्रदेशका उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले बालश्रम प्रयोग नभएका उद्योगहरुको मात्र सामान प्रयोग गर्र्ने गरी नियम ल्याउने तयारी गर्ने बताउनु भएको छ ।
कार्यक्रममा सम्वोधन गर्दै उहाले नेपालका कतिपय उद्योगमा अझपनि बालश्रम प्रयोग गरेको पाइएकाले वाग्मती प्रदेशमा सञ्चालनमा रहेका उद्योगहरुमा बालश्रम न्यनिकरणको लागि ति उद्योगले बालश्रम प्रयोग नगरेको प्रमाण पत्र लिनु पर्ने व्यवस्था गर्ने बताउनु भयो । प्रमणपत्र भएका उद्योगको मात्र सामग्री खरिद बिक्री हुने गरी सरकारले अब नियम बनाउने बताउनु भयो । उहाले भन्नु भयो ‘हामीले राज्य व्यवस्थाका ठुला लडाइ जितेर आएका छौ अब हामी गरिबसंग लड्नै छौ त्यसका लागि मेहनत गर्नु पर्दछ ।’ उद्योगीहरुलाई काम गर्ने वातावरण निर्माण गर्ने, उनीहरुलाई व्यवस्था अनुसारको नियम लगाउने र आर्थिक समृद्धि हासिल गर्ने तर्फ लाग्ने बताउनु भयो ।
कार्यक्रममा इँटा उद्योग संघका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद सापकोटाले चितवन र अन्य जिल्लाका उद्योगमा बालश्रम नभएको बताउनु भयो । झिटी गुण्टा सहित मजदुरहरु उद्योगमा काम गर्न आउने भएकाले बालबालिका उद्योगमा भएपनि श्रमिक बालबालिका नभएको बताउनु भयो । उद्योगीलाई काम गर्नै वातावरण राज्यले दिनु पर्नेमा जोड दिनु भयो । सिजनल उद्योग भएकाले अहिलेको वर्षाले गर्दा उद्योगीहरु पलायन भएर जाने अवस्था आएको बताउनु भयो ।

कार्यक्रममा इँटा उद्योगी कृष्ण गौतम, नेपाल गुडविल फाउण्डेशनका कार्यक्रम संयोजक उमेश कुइकेल, गैरसरकारी सस्था महासंघ वाग्मती प्रदेशका अध्यक्ष दामोदर अर्यालल, ग्लोवल इन्सिेटिभ नेपालका राष्ट्रिय निर्देशक सुरेश पण्डितले बालश्रम मुक्त मात्र नभइ श्रमिक मैत्री, वातावरण मैत्री उद्योगको आवश्यकता रहेको बताउनु भयो । युथ क्लब नारायणगढ मार्फत चितवन र नवलपरासीको इँटा उद्योगमा परियोजना सञ्चालन भएको छ । कार्यक्रममा क्लबका अध्यक्ष रामबाबु श्रेष्ठले कार्यक्रमको उद्देश्यको वारेमा प्रकास पार्नु भएको थियो ।

इँटा उद्योग सम्मानित
सरकारी मापदण्ड पूरा भएर बालश्रममुक्त भइ सञ्चालनमा आएका चार जिल्लाका सातवटा इँटा उद्योगलाई चितवनमा सम्मान गरिएको छ ।
इँटा उद्योग भित्र बालश्रम विरुद्धको क्षेत्रमा काम गर्दै आएको ग्लोवल इनिसियटिभ नेपालले चितवनको रत्ननगरमा मंगलबार आयोजना गरेको इँटा उद्योग प्रवद्र्धन कार्यक्रममा सम्मान गरेको हो । इँटा उद्योगमा बालश्रम भए नभएको, श्रमिकहरुको अधिकार प्रयोग भए नभएको, वातावरण मैत्री उद्योग सञ्चालन भए नभएको विषयमा अनुसन्धान गर्दै आएको नेपाल गुडविल फाउण्डेशन नेपालले मापदण्ड पूरा गरेको उद्योगलाई प्रमाण पत्र दिएको थियो ।
प्रमाणपत्र पाएको उद्योगहरुलाई वाग्मती प्रदेशका उद्योग वन, वातावरण तथा पर्यटन मन्त्री अरुण नेपालले प्रमाणपत्र दिनु भएको थियो । सबै मापदण्ड पूरा गरेका इँटा उद्योगहरुमा भक्तपुरको राजधानी इँटा उद्योग, भक्तपुर इँटा उद्योग, नवलपरासीको मातामनकामना इँटा उद्योग रहेका छन् । बालश्रम मात्र मुक्त भएका अन्य मापदण्ड पूरा नभएका उद्योगहरुमा चितवनको खनाल इँटा उद्योग, धरेल इँटा उद्योग, गणेश इँटा उद्योग र धादिङको एभरेष्ट इँटा उद्योग रहेका छन् ।
नेपालमा १३ सय इँटा उद्योगहरु रहेका छन् । ती मध्य ४० वटा उद्योगमा बालश्रम न्यनिकरण सम्वन्धी ग्लोवल इनिसियटिभ नेपालको ब्रेटरब्रिक कार्यक्रम सञ्चालन भएको छ । चितवनमा मात्रै १९ वटा इँटा उद्योगहरु सञ्चालनमा रहेका छन् ।


