रत्ननगर महोत्सव दुई दिन थपियो

रत्ननगर ४ माघ । चितवनको रत्ननगरमा जारी १० औं रत्ननगर महोत्सवको समय अबधि दुई दिन बढाइएको छ । वर्षाका कारण शुक्रवार महोत्सव प्रभावित भएपछि समय अवधी बढाइएको हो ।
गत पुस २५ बाट सुरु भएर माघ ७ गतेसम्मलाई तोकिएको महोत्सवको अबधी माघ ८ र ९ गतेका लागि थपिएको महोत्सवको आयोजक संस्था रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिनु भयो । दर्शक र प्रर्दशकको आग्रहमा महोत्सवको समयाबधी थपिएको अध्यक्ष रेग्मीले जानकारी दिनु भयो । महोत्सवमा दर्शकको अत्याधिक चाप छ । दैनिक ४० देखि ५० हजार दर्शकले महोत्सवको अबलोकन गर्दै आएका छन । रत्ननगर महोत्सव अबलोकन गर्नेको संख्या दिनप्रतिदिन बढ्दै छ संघका बरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले भने दर्शक र प्रर्दशकको चाहना बमोजिक अबधि बढाएका हौं ।
यस्तै गरी रत्ननगर १ सौराहाचोकमा जारी चिकेन एण्ड एग फुड फेष्टिवलको समयाबधि पनि बढाइएको छ । पुस २९ गतेबाट माघ ४ गतेसम्म तोकिएको फेष्टिवलको अबधि माघ ५ र ६ गते दुई दिन बढाइएको फेष्टिवलका संयोजक ज्ञानबहादुर विसुरालले बताउनु भयो । महोत्सवमा जीप लाईन,जंगल सफारी,सेल्फी डाँडा सहित ५२१ व्यवसायिक स्टल तथा बालउद्यान रहेको संघका महासचिव निराजन खनालले जानकारी दिनु भयो । महोत्सवको अबसर पारेर जनप्रतिनिधि र महोत्सवको स्टेरिङ कमिटी बीच डोरी तानातान र पूर्वी चितवन स्तरीय व्याडमिन्टन प्रतियोगिता तथा पत्रकार र महोत्सवको स्टेरिङ कमिटी बीच कबडी प्रतियोगिता माघ ६ गते आयोजना गरिएको खेलकुद व्यवस्थापन समितिका संयोजक दिनेश कट्टेलले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट