गैँडाकोटमा होटल द नारायणी सञ्चालनमा

गैडाकोट ४ माघ । नवलपरासीको गैँडाकोटमा सुविधा सम्पन्न होटल सञ्चालनमा आउने भएको छ । पर्यटन वर्षलाई लक्षित गर्दै ‘होटल द नारायणी प्रा.लि.’ ले आफ्नो सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
चितवन र नवलपरासीका छ जना पर्यटन ब्यवसायीहरु मिलेर गठन गरिएको नारायणी विजनेश ग्रुपको ब्यवस्थापनमा स्थापना भएको हो होटलको यहि माघ ८ गते विशेष कार्यक्रमका विच गँैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्दै हुनुहुन्छ ।
२०७५ बैशाख ३१ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ताभई निर्माण शुरुगरिएको यस होटलको लगानी झण्डै सात करोड रुपियाँ रहेको रहेको होटलका अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिनुभयो ।
२०७४ मंसिर १ गते गैँडाकोटको नारायणी नदी किनारमा द नारायणी रिसोर्ट सञ्चालनमा ल्याएसगैँ गठित नारायणी विजनेस ग्रुपको होटल द नारायणी दोश्रो ब्यवसायिक प्रतिष्ठान हो । द नारायणी रिसोर्टको उत्साहजनक सफलता सगैँ रिसोर्टकै भगिनी संस्थाका रुपमा होटल द नारायणी जन्मिएको हो ।
होटल द नारायणी प्रा.लि.मा ध्वनी प्रदुषण रहित छ वटा वैठक तथा सभाहल, पार्टी हल, मनोरम वाटर फाउण्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ट परिकार सहितको रेष्टूरेन्ट एण्ड वार, सुविधा सम्पन्न सुपर डिलक्स रुमहरुको सुविधा रहेको छ ।
काठमाण्डौ, सौराहा र पोखरा देखि लुम्विनी आवतजावत गर्ने पर्यटकहरुलाई लक्षित गर्दै होटल सञ्चालनमा ल्याएको सञ्चालक बसन्त पराजुलीले जानकारी दिनुभयो ।
सरकारले २० लाख पर्यटक नेपाल भित्राउने महत्वकाक्षी योजना लिइ रहेका वेला चितवमा ४ लाख र नवलपरासीमा १ लाख ५० हजार पर्यटक भित्राउने योजना छ । सरकारले अघि सारेका योजनाहरु पुरा गर्न देश भित्रै धेरै सुविधा सम्पन्न होटलहरु थप आवश्यक पर्ने कुरालाई मध्यनजर गर्दै सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याइएको होटलका प्रवन्ध निर्देशक ज्ञानप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट